back
CTIZAN AD

इजरायलमाथि गाजामा खाद्य संकट निम्त्याएको भन्दै संयुक्त राष्ट्रसंघद्वारा चिन्ता व्यक्त

वि.सं.२०८२ भदौ ७ शनिवार

1.7K 

shares

गाजा । गाजामा खाद्य संकट गहिरिँदै जाँदा संयुक्त राष्ट्रसंघको शरणार्थी सहायता निकायले चिन्ता व्यक्त गर्दै यो अवस्था मानवनिर्मित भएको संकेत गरेको छ ।

शरणार्थीका लागि कार्यरत संयुक्त राष्ट्रसंघीय निकाय (यूएनआरडब्लुए ) का आयुक्त फिलिप लाजरिनीले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै गाजा सहरमा भोकमरीको अवस्था पुष्टि भइसकेको जनाउँदै यसलाई रोकथाम गर्न सबै पक्षले सहकार्य गर्नुपर्नेमा जोड दिए ।

“हामीले पटकपटक चेतावनी दिएका थियौं । अहिले स्थिति गम्भीर छ र यसलाई मानव निर्मित संकटको रूपमा हेर्न सकिन्छ,” उनले लेखेका छन् । लाजरिनीका अनुसार गाजामा आधारभूत राहत सामग्री लामो समयदेखि पर्याप्त रूपमा आपूर्ति हुन सकेको छैन ।

खाद्य सुरक्षासम्बन्धी चरणगत मूल्यांकन गर्ने अन्तर्राष्ट्रिय संस्थाहरूको समूहले हालै प्रकाशित प्रतिवेदनमा गाजा सहरसहितको क्षेत्रमा भोकमरी पुष्टि भएको जनाएको छ । सो प्रतिवेदनमा देइर अल–बलाह र खान युनिस क्षेत्रमा पनि संकट फैलन सक्ने चेतावनी दिइएको छ ।

प्रतिवेदनअनुसार अगस्त महिनाको अन्त्यसम्म करिब ६ लाख ४० हजार मानिस गम्भीर खाद्य अभावको स्थितिमा पुग्न सक्नेछन र ११ लाखभन्दा बढी व्यक्तिहरू आपतकालीन खाद्य असुरक्षाको अवस्थामा रहने अनुमान गरिएको छ ।

लाजरिनीले संकटको थप विस्तार रोक्नका लागि तुरुन्त युद्धविराम र निर्वाध मानवीय सहायता आपूर्तिको आवश्यकता रहेको उल्लेख गरे ।

इजरायली प्रधानमन्त्रीको कार्यालयले भने उक्त आरोपलाई अस्वीकार गर्दै गाजामा भोकमरी फैलाउने कुनै नीति नरहेको स्पष्ट पारेको छ । इजरायलले आफूले “भोकमरी रोक्ने नीति“ अपनाएको र सहायता आपूर्तिमा सन्तुलन कायम गर्न प्रयासरत रहेको जनाएको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म कुपोषण र भोकका कारण २७३ जनाको निधन भइसकेको छ, जसमा ११२ बालबालिका रहेका छन् ।

सन् २०२५ मार्च २ मा युद्धविराम समाप्त भएपछि गाजामा राहत सामग्रीको आपूर्ति उल्लेखनीय रूपमा घटेको जनाइएको छ । (रासस/सिन्ह्वा)

वि.सं.२०८२ भदौ ७ शनिवार १२:३८ मा प्रकाशित

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

तेहरान ।  मध्यपूर्व युद्ध सुरु भएको तीन महिनापछि बिहीबार संयुक्त...

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

लण्डन ।   बेलायतमा रोजगारी, शिक्षा र तालिमबाट बाहिर रहेका युवाहरूको...

युक्रेनी संसदद्वारा ९० अर्ब युरो ऋण लिने सम्झौता अनुमोदन

युक्रेनी संसदद्वारा ९० अर्ब युरो ऋण लिने सम्झौता अनुमोदन

किएभ । युक्रेनको संसदले बिहीबार युक्रेन र युरोपेली सङ्घबीचको ऋण...

विश्वभरी बढ्दो तनाबबीच शान्ति स्थापनामा संयुक्त राष्ट्रसङ्घको जोड

विश्वभरी बढ्दो तनाबबीच शान्ति स्थापनामा संयुक्त राष्ट्रसङ्घको जोड

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले विश्वभर बढ्दो द्वन्द्व, राजनीतिक अस्थिरता तथा...

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...