back
CTIZAN AD

चारु

वि.सं.२०८२ भदौ १४ शनिवार

3.6K 

shares

दिपक पनेरु
ईश्वरपुर ४, सागरनाथ सर्लाही

बैमानीको सहरमा त्यो इमान राखेँ
खाएपनि चोट मैले यो मुस्कान राखेँ

शत्रु बरू मित्र भए आफ्ना भए दुष्ट
चोट खाँदै बचाएर आफ्नो ज्यान राखेँ

नाम दाम नभए नि छैन मन खिन्न
हुन्न लोभ गर्नु भन्ने मैले ज्ञान राखेंँ

निर्धो भए पनि राजा जस्तै मन मेरो
बैरी सामु नझुकेरै आफ्नो सान राखेँ

जानुपर्छ सबैले यो देह यहीँ त्यागी
भरोसाको खाल्टो खनी अनुष्ठान राखेँ ।

लोकलय ; सबाइ
अक्षर सङ्ख्या : ४+४+४+२ = १४
आदि अनुप्रास : आन
शेष अनुप्रास : राखेँ

वि.सं.२०८२ भदौ १४ शनिवार ०८:०४ मा प्रकाशित

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...