दिपक पनेरु
ईश्वरपुर ४, सागरनाथ सर्लाही
बैमानीको सहरमा त्यो इमान राखेँ
खाएपनि चोट मैले यो मुस्कान राखेँ
शत्रु बरू मित्र भए आफ्ना भए दुष्ट
चोट खाँदै बचाएर आफ्नो ज्यान राखेँ
नाम दाम नभए नि छैन मन खिन्न
हुन्न लोभ गर्नु भन्ने मैले ज्ञान राखेंँ
निर्धो भए पनि राजा जस्तै मन मेरो
बैरी सामु नझुकेरै आफ्नो सान राखेँ
जानुपर्छ सबैले यो देह यहीँ त्यागी
भरोसाको खाल्टो खनी अनुष्ठान राखेँ ।
लोकलय ; सबाइ
अक्षर सङ्ख्या : ४+४+४+२ = १४
आदि अनुप्रास : आन
शेष अनुप्रास : राखेँ
वि.सं.२०८२ भदौ १४ शनिवार ०८:०४ मा प्रकाशित






























