back
CTIZAN AD

सुसेली

वि.सं.२०८२ भदौ १४ शनिवार

3.1K 

shares

चन्द्रा न्यौपाने,टोखा, काठमाडौं।

हाँस्य दन्तमा
भुँमरीको जीवन
सर्पदंशमा ।१।

खोल कञ्चन
भित्र घडा विषको
नाट्य मञ्चन ।२।

मिठो बोलेर
खान कति सकेको ?
आमा पोलेर ।३।

कति चाखै हो ?
हिजो घाँटी रेट्ने नै
आज साख्खै भो ।४।

बोक्रा नेपाली
गुदी सबै विदेशी
देशै पखाली।५।

साह्रै चेपाहा
रसिला छन् कुरा त
काम हेपाहा ।६।

च्यूरी बोटमा
रजाइँ छ बाघको
गौको गोठमा ।७।

मृदु वाणीले
मन्दिर भो मसान
कंशे बानीले।८।

हुन्न कुदेर
बाको घुँडा चुसेर
आमा लुछेर ।९।

छैन इमान
बेइमानी सर्वत्र
मान्नु के शान ?१०।

वि.सं.२०८२ भदौ १४ शनिवार ०८:०८ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...