back
CTIZAN AD

गजल

वि.सं.२०८२ भदौ १४ शनिवार

3.6K 

shares

अनुराग अरुण, ललितपुर

सिसा जस्तो टुक्रा बनाएर फेरि
कहाँ जुट्छ दिल गम लगाएर फेरि

झुटो बात गर्दै म दिन्छु नभन्नू
कसैलाई आशा दिलाएर फेरि

तिमी सास मेरो तिमी जिन्दगी हौ
नजानू प्रिया मन दुखाएर फेरि

रहुन्जेल जीवन खुसीले रमाऔँ
कहाँ उठ्छ मुर्दा जगाएर फेरि

तिमीले भुलेछौ भनी खुब रिसाइन्
प्रिया हाँस्न थाल्छिन् फकाएर फेरि

बहर : मुतकारिब मुसम्मन सालिम
अर्कान : फऊलुन, फऊलुन, फऊलुन, फऊलुन
वजन : १२२ – १२२ – १२२ – १२२
काफिया : आएर
रदिफ : फेरि
अभ्यास : उज्यालो पाठशाला

वि.सं.२०८२ भदौ १४ शनिवार ०८:११ मा प्रकाशित

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...