back
CTIZAN AD

झिल्का कविता

वि.सं.२०८२ भदौ १४ शनिवार

3.8K 

shares

ईश्वर साउद (भिक्षु )
रामारोशन गाउपालिका ६ सुदुरपश्चिम अछाम

१)
गरेर मनपरी तन्त्र
जाँदै छ कहाँ
देश नेताहरूको मन्त्र ।

२)
भन्छन् जमाना बदलियो
भेषभूषा पनि हेर
नचाहिने नसा लियो ।

३)
यो समय खराब
कर्मको फल सतीयुगे
खानुपरेको छ सराब ।

४)
देखियो अन्धकार यहाँ
प्रचण्ड गर्मीमा पनि
अशान्ति अँध्यारो जहाँ ।

५)
गुन्जियो आवाज रन्न
कान आँखा खोल्ने
थियो मन भन्न ।

६)
हिँड्दा जिन्दगीको गोरेटोमा
आउँछन् अनेक उतारचढाव
घुम्ती अनि कुइनेटोमा ।

७)
लगाएर मोहनी मायाले
बिर्सन नहुने कहिल्यै
जिन्दगी यी घामछाँयाले ।

८)
घुमिरहेको छ चक्र
जिन्दगी चलाउने त्यो
बनेर बाङ्गो बक्र ।

९)
दिन भेटियो रात
घुमारो जिन्दगीमा मेरो
बारम्बार दिइरह्यो मात ।

१०)
सफलताको कुञ्जी थियौ
रङ्गीन जिन्दगीका लागि
विष पिलायौ, पियौ ।

वि.सं.२०८२ भदौ १४ शनिवार ०८:१८ मा प्रकाशित

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...