back
CTIZAN AD

मुक्तक

वि.सं.२०८२ भदौ १४ शनिवार

3K 

shares

भूपाल अधिकारी, विराटनगर

१.
पगालेपछि शरीरको बोसो थाहा पाउँछौँ
फुटाएपछि जोडिएको चोसो थाहा पाउँछौ
हे घुस्याहा झुस्याहा र पाखण्डी बन्नेहरू हो,
मुहारमा पोतेपछि कालोमोसो थाहा पाउँछौँ।

२.
निजी स्वार्थसिद्ध गर्न जपिरहन्थे मन्त्र कसै कसैले
मलाई कहिले नि हुन् दिँदैन्थे स्वतन्त्र कसै कसैले
मेरै जमिनमा विशाल पापको साम्राज्य खडा गरी,
मेरै चिहान खन्दै गरिरहन्थे षड्यन्त्र कसै कसैले।

३.
सैतानले झैँ सताउँछ मलाई दिमाग खालि छ भन्ने
शकुनीको जस्तो जाल रच्छ यदि ऊ जाली छ भन्ने
मेरो स्वाभिमानले मेरै खुन उमाल्छ अन्याय गरेपछि,
अनि म भुल्न थाल्छु को कति शक्तिशाली छ भन्ने।

४.
पहिचान र अस्तित्व बचाई रहने रिती हुँ म
एकता बन्धुत्व अनि सद्भावको नीति हुँ म
तर अभिमान गर्दै खुब तुजुक देखाउनेलाई,
आकाशबाट भुईँमा पछार्ने परिस्थिति हुँ म।

५.
पण्डितले झैँ वरिपरि रेखीको घेरो बनाई रहन्छन् मान्छेहरू
जाँतो जस्तो घुमि रहुन् भनी फेरो बनाई रहन्छन् मान्छेहरू
यदि निरीह साना र कमजोरहरूले माथि उठ्न खोजेँ भन्ने,
विवशताको भाँडोमा हाली कट्मेरो बनाई रहन्छन् मान्छेहरू।

वि.सं.२०८२ भदौ १४ शनिवार ०७:५६ मा प्रकाशित

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...