back
CTIZAN AD

गजल

वि.सं.२०८२ भदौ २१ शनिवार

2.7K 

shares

धनसिंह गिरि, दाङ

शिक्षाको पुस्तक सानो हुँदैन
अर्ती बिनाको पानो हुँदैन

जुनदिन अपचले जिउ हुन्छ भारी
घरमा त्यही दिन ज्वानो हुँदैन

माता पिताका पाउ नपर्दा
न्यानो कदापि छानो हुँदैन

सबका अगाडि लाएछ फुर्ती
घरभित्र उसको मानो हुँदैन

जाडो छ बढ्दै ओढ्ने मगाऊ
सम्झेर काम्लो न्यानो हुँदैन

बहर : मुतकारिब मुसम्मन सालिम अशलम
अर्कान : फैलुन् फऊलुन फैलुन् फऊलुन
वजन : २२ – १२२ – २२ – १२२
काफिया : आनो
रदिफ :हुँदैन
अभ्यास : स्वर्ण पाठशाला

वि.सं.२०८२ भदौ २१ शनिवार ०८:४६ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...