धनगढी । सुदूरपश्चिमको बाजुराबाहेक सबै जिल्ला करागारमा रहेका कैदीबन्दी भागेका छन् ।
मंगलबार जेनजी युवाको प्रदर्शनका क्रममा सुरक्षास्थिथि नियन्त्रण बाहिर गएपछि प्रदर्शनकारीहरुले कारागारमै पुगेर कैदीबन्दीहरुलाई निकालेर भगाएका हुन् ।
बाजुरा बाहेकका सबै कारागारबाट कैदीबन्दी भागेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कैलाली कारागारका कम्तीमा १४ सय कैदीबन्दी भागेका छन् ।
कञ्चनपुरमा चार सय ७६ कैदीबन्दीमध्ये २२ जनाबाहेक सबैलाई प्रदर्शनकारीले निकाले ।
जिल्ला कारागार बझाङमा ६६ जना भागेका छन् । यी बाहेकका प्रायः जिल्ला कारागारका कैदीबन्दी भागेपछि कारागार नै खाली भएका छन् ।
वि.सं.२०८२ भदौ २५ बुधवार ११:३५ मा प्रकाशित






























