पशपती राई, हलेशी तुवाचुङ-५, खोटाङ
जीवन आएर यो धर्तीमा भ्रम छरेको देखिन्छ
पाउनु केही छैन तेरो र मेरो गरेको देखिन्छ ।
के पशु के पन्छी जिउनलाई जानेकै छन् सबैले
हरियो चौरमा हेर्दा मृग पनि चरेको देखिन्छ।
मान्छेको त झनै के कुरा अनेक शास्त्र पढेको छ
गाइको पुच्छर समाइ वैतर्नी तरेको देखिन्छ ।
देखिदैन काल कहिल्यै तर पनि भय छ कालकै
आउँछ कुन बेला मात्रै जीवन हरेको देखिन्छ ।
यहाँ त समय नै मरिरहेको हुन्छ पलपल
तर आँखाले हेर्दामा मुर्दा मात्रै मरेको देखिन्छ।
आदि अनुप्रास ः अरेको
शेष अनुप्रास ः देखिन्छ
वि.सं.२०८२ असोज ४ शनिवार ०९:५२ मा प्रकाशित






























