back
CTIZAN AD

कविता : बन्ला र देश यसरी सब जङ्गिएमा

वि.सं.२०८२ मंसिर ६ शनिवार

855 

shares

दीनानाथ पोख्रेल
सुम्बेक, इलाम नपा–०२ , इलाम

उल्टो हिँडेर कसरी जन लक्ष्य चुम्छ ?
संसार सागर बनी घरभित्र घुम्छ ।।
दुर्भावयुक्त मनले अगि लम्किएमा ।
बन्ला र देश यसरी सब जङ्गिएमा ।।०१।।

थोत्रा विचार दिलका सब साँच्न थाले।
उल्लास फ्याँक्दछ उठीकन बन्छ भाले ।।
बेढङ्गका वचनले जन कुर्लिएमा ।
बन्ला र देश यसरी सब जङ्गिएमा ।।०२।।

छन् क्रोधयुक्त मन मानव चेतभित्र ।
दुर्दृश्यझैँ अशुभ खुल्दछ कृत्यचित्र ।।
बाटा हजार हितका सब त्यागिएमा ।
बन्ला र देश यसरी सब जङ्गिएमा ।।०३।।

हो मेल यो नरकला हितयुक्त पार्ने ।
सत्कर्म तर्फ मनभाव सुधा उमार्ने ।।
के हुन्छ नित्य सबले रिस छादिएमा ।
बन्ला र देश यसरी सब जङ्गिएमा ।।०४।।

उल्लास दूर रहँदा शुभभाव हुन्न ।
पोखिन्छ सङ्कट जहाँ मन बन्छ खिन्न ।।
मिल्दैन शान्ति मनमा बह जेलिएमा ।
बन्ला र देश यसरी सब जङ्गिएमा ।।०५।।

फर्केर पूर्व अनि पश्चिम बढ्छ कष्ट ।
हाँसेर मानव खुलून् मन बन्छ प्रष्ट ।।
बन्दैन देश मन मानव बाङ्गिएमा ।
बन्ला र देश यसरी सब जङ्गिएमा ।।०६।।

छन्द : वसन्ततिलका
गण :त भ ज ज गु गु
सङ्केतः SSI – SII –  ISI –  ISI  –  S – S

वि.सं.२०८२ मंसिर ६ शनिवार ०६:२१ मा प्रकाशित

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...