रुना कर्माचार्य दाहाल,चितवन
शान्ति छ कता
हराउँदै गएको
छ मानवता ।१।
बाँच्नु छ झेल्दै
साथ सुख, दुःखको
जीवन खेल्दै ।२।
त्यागौँ सबैले
पाले ईष्र्या र दम्भ
दुःख त्यसैले ।३।
साझा छ यात्रा
हातेमालो नगरे
जीवन जात्रा ।४।
बसेको कुर्दै
तिमीलाई देखेर
आएँ दगुर्दै।५।
प्रीति साटौँ न
डोरी हाम्रो मायाको
चाडैं बाटौँ न ।६।
संघर्षभित्र
पुरुषको लुकेको
त्यागको चित्र ।७।
एक्लै ऊ रुन्छ
दबाएर सपना
मौन नै हुन्छ ।८।
लुटे ढुकुटी
देशको अर्थतन्त्र
हाम्रो सुकुटी ।९।
निमुखा मिच्न
कतिसम्म सकेका
यिनैले घिच्न।१०।
वि.सं.२०८२ पुस १२ शनिवार ०८:१६ मा प्रकाशित






























