back
CTIZAN AD

सुसेली

वि.सं.२०८२ पुस १२ शनिवार

1.5K 

shares

रुना कर्माचार्य दाहाल,चितवन

शान्ति छ कता
हराउँदै गएको
छ मानवता ।१।

बाँच्नु छ झेल्दै
साथ सुख, दुःखको
जीवन खेल्दै ।२।

त्यागौँ सबैले
पाले ईष्र्या र दम्भ
दुःख त्यसैले ।३।

साझा छ यात्रा
हातेमालो नगरे
जीवन जात्रा ।४।

बसेको कुर्दै
तिमीलाई देखेर
आएँ दगुर्दै।५।

प्रीति साटौँ न
डोरी हाम्रो मायाको
चाडैं बाटौँ न ।६।

संघर्षभित्र
पुरुषको लुकेको
त्यागको चित्र ।७।

एक्लै ऊ रुन्छ
दबाएर सपना
मौन नै हुन्छ ।८।

लुटे ढुकुटी
देशको अर्थतन्त्र
हाम्रो सुकुटी ।९।

निमुखा मिच्न
कतिसम्म सकेका
यिनैले घिच्न।१०।

 

वि.सं.२०८२ पुस १२ शनिवार ०८:१६ मा प्रकाशित

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...