back
CTIZAN AD

गजल

वि.सं.२०८२ पुस १२ शनिवार

1K 

shares

अनुराग अरुण, लुभू, ललितपुर

म ल्याएर प्यारी दिन्छु तारा भनेजस्तै
कहाँ दिन सकिन्छन् लोक सारा भनेजस्तै

तिमीले भने जस्तै अरूले कहाँ भन्छन्
हजुर नै हो मेरो प्राण प्यारा भनेजस्तै

तिमी जिन्दगी मेरो तिमी सास धड्कन हौ
मिलेको छ तिम्रो खुब सहारा भनेजस्तै

नजिकमा भएरै झन् बिराना भयौँ प्यारी
नदीका दुई हामी किनारा भनेजस्तै

अहो स्वर्गकी छौ अप्सराझैँ निकै राम्री
स्वयम् छौ तिमी धर्तीकी रारा भनेजस्तै

बहर : तबील मसम्मन सालिम
अर्कान : फऊलुन् , मुफाईलुन् , फऊलुन् , मुफाईलुन्
वजन : १२२ – १२२२ – १२२ – १२२२
काफिया : आरा
रदिफ : भनेजस्तै
अभ्यास : परिश्रमी पाठशाला

 

वि.सं.२०८२ पुस १२ शनिवार ०८:१९ मा प्रकाशित

फोनको घण्टी

फोनको घण्टी

बस्, अहिले त एउटा घरको कोठामा बैश सकिएका श्रीमान् र...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...