back
CTIZAN AD

कविता : हाँस्ने बनाऊ धरा

वि.सं.२०८२ फागुन २ शनिवार

540 

shares

बिमला चन्द सानू
बैतडी, हाल – काठमाडौ

तारा मण्डल जाग्छ सुत्छ दुनियाँ कस्तो अनौठो कला
निद्रामै मदमस्त जाग्छ सपना मस्तिष्क हो चन्चला ।
पाल्यो कुक्कुर मान राख्छ सबको हो काम यो जान्दछ
जस्ले खान दिएर पाल्छ सजिलै उस्कै म हो भन्दछ ।१।

कैल्यै मासु भुजा त हड्डी कहिले खान्छन् जसै मिल्दछ
निष्ठावान बनेर बस्छ मनले लात्ती कतै झेल्दछ ।
यत्ती सम्म विचार भाव जनको हुन्थ्यो भने सादर
मिल्थ्यो मुक्ति कतै कतै सहजले मिल्ने थियो आदर ।२।

बाल्ने ज्योत विशाल व्यग्र भयले के शान्त होस् जीवन
अल्झ्यो मार्ग हतार जोर संगले उस्तै नयाँ उल्झन ।
झुल्किन्छन् नव रङ्ग छर्छ भवमा त्यो भावना उज्ज्वल
पाए न्याय निसाफमा हरघडी धारा जसै कल्कल ।३।

छन् जो न्याय र मुक्तिको बगरमा हुन्थे कि ती पारमा
कस्तो शासन बन्न खोज्छ अहिले ज्यूँदो छ व्यापारमा ।
नाना सन्धि विभेदको समयले माग्यो भने चेतना
कस्ले सक्दछ मात्री कोख वयको उत्थानको योजना ।४।

फर्के हुन्छ भयो भयो अब ढिला सम्झेर आऊ घर
सारा विश्व ब्रह्माण्ड देख्न सजिलो आफ्नै बनाऊ भर ।
सारा शक्ति समेट राख शिरमा जस्तै हिमाली गरा
मेरो देश विशाल फाट जगको हास्ने बनाऊ धरा ।५।

छन्द : शार्दूलविक्रीडित
गण :म – स – ज – स – त – त – गु
सङ्केत : SSS – IIS – ISI – IIS – SSI – SSI – S

 

वि.सं.२०८२ फागुन २ शनिवार ०५:४४ मा प्रकाशित

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...