back
CTIZAN AD

कविता : भो भो जेन्जी भए यस्ता

वि.सं.२०८२ फागुन २ शनिवार

999 

shares

कलानिधि दाहाल, काठमाडौँ

जेन्जी जीवनको जोश विनाहोस भयावह
प्रशंसा भ्रष्टले गर्छ छुप्ने बन्छन् यिनै दह ।
आँखा राता बनाएर हिँड्दछन् वारपारमा
नसोची यसको हात माहुरी पुग्छ घारमा ।१।

देख्दैनन् रस तप्केको घार आगो लगाउँछन्
जे भ्रष्टभावले भन्छ त्यही गर्न सघाउँछन् ।
सामु आफू बनी आड काला कर्तुतका कर
ज्वालामुखी बनी बाल्छन् सभ्यताका धरोहर ।२।

इसारा अन्यले गर्छन् यी आगा बनी बल्दछन्
न्यायनिसाफका सारा दर्बार सब ढल्दछन् ।
तिनै हिँस्रकका जत्था पिई जो रक्त हुर्किए
जेन्जी पछाडि राखेर हिँसाका माद फुर्किए ।३।

सुरक्षामा हिजो यस्तै जत्था जीवन राखियो
तिनै क्रोधी बने जेन्जी तिनकै स्वाद चाखियो।
पिता रावण सङ्केत पहिले नै गरी गरी
पैसाका ट्रकका खात सारिएका घरी घरी ।४।

भोलि रहस्यको साँचो खुल्ने भरी भई मन
माओबाट हट्यो नाम सम भो परिवर्तन ।
छैन सोच कुनै जेन्जी धमिरा सोचमा छ यो
विनाश नाशका हात सभ्यता सब नाशियो ।५।

जटाजुट भई जेन्जी जाँड जुलुस हिँड्दछन्
संसदमा पुगे भोलि कुर्सीमै सब उङ्दछन् ।
जहाँ चासो छँदै छैन विवेकी छैन योजना
मन छैन कुनै सोच कार्यमा छैन तर्जुमा ।६।

जिती चुल्ठी बटारेर यिनै संसदमा छिरे
भोकको चितुवाजस्तै पातको बन्छ पिर्पिरे ।
भ्रष्टाचार अझै अग्ली ह्युँचुली बन्छ बन्छ यो
सीमा बर्बादको खाल्डो दुर्गन्ध छुन्छ छुन्छ यो ७।

सिँहदर्बारमा आगो सर्वोच्च पुग्छ झोस्न जो
राष्ट्रबैँक जलाएर रुपियाँ पुग्छ खोस्न जो।
उन्मादका सबै आँधी लाभामा पुग्छ पोस्न जो
जेन्जी जीवन त्यो हुन्न अगुल्टो पुग्छ ठोस्न जो ।८।

घर आगो लगाएर बाबु मार्न तयारमा
सभ्यता भष्म पारेर तल झार्न तयारमा ।
हुने जेन्जी भए भो भो हट जाऊ उता पर
भ्रष्टका नाकका सान सभ्यता विषका घर ।९।

छन्द ः अनुष्टुप

वि.सं.२०८२ फागुन २ शनिवार ०५:४२ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...