back
CTIZAN AD

यौनिकता शिक्षालाई पाठ्यक्रममा समावेश गर्नुपर्छ

वि.सं.२०७४ असार ८ बिहीवार

804 

shares

८ असार, काठमाडौँ  । बृहत्तर यौनिकता शिक्षालाई औपचारिक र अनौपचारिक शिक्षाको पाठ्यक्रममा समावेश गर्नुपर्ने आवश्यकता औंल्याइएको छ ।

यहाँ आज आयोजित ‘बृहत्तर यौनिकता शिक्षासम्बन्धी पत्रकारसँगको पैरवी कार्यशाला गोष्ठी’का सहभागी वक्ताले सो आवश्यकता आँैल्याउनु भएको हो ।

सो अवसरमा शैक्षिक जनशक्ति विकास केन्द्रका निर्देशक यमनारायण घिमिरेले २०६८ सालको जनगणना अनुसार कुल जनसङ्ख्याको २५ प्रतिशत अर्थात् ६४ लाख किशोर किशोरी रहेको र यौनिकता शिक्षा कमीका कारण उनीहरुमध्ये १० देखि २४ वर्ष उमेर समूहका ३५ प्रतिशत किशोरीको सानै उमेरमा विवाह हुने गरेको बताउँदै विवाह भएपछि ती किशोरी विद्यालय छाड्न बाध्य हुने गरेको धारणा व्यक्त गर्नुभयो ।

स्वास्थ्य मन्त्रालय परिवार स्वास्थ्य महाशाखाका अशेष रेग्मीले किशोर किशोरीमध्ये धेरैले १८ वर्षकै उमेरमा पहिलोपल्ट यौन सम्पर्क गर्नेे गरेको बताउँदै “उनीहरुमा कसरी यौनिकता शिक्षा दिन सकिन्छ, यस विषयमा महाशाखाले काम गरिरहेको छ भन्नुभयो ।

“त्यस्ता किशोर किशोरीलाई सुरक्षित शारीरिक सम्बन्धलगायत उमेर पुगेपछि मात्र विवाह गर्नेबारे अझै जानकारी दिन आवश्यक छ उहाँले भन्नुभयो ।”

रेग्मीले भन्नुभयो, “जुनसुकै उमेर समूहका मानिसलाई यौनिकता शिक्षा दिन आवश्यक छ ।”

सिसो नेपालले आयोजना गरेको उक्त कार्यक्रममा शिक्षा पत्रकार समूहका अध्यक्ष दीपक दाहालले ‘यौनिकता शिक्षामा पत्रकारको’ भूमिका विषयक कार्यपत्र गर्नुभयो ।

सिसो नेपालका कार्यकारी निर्देशक खुमानन्द सुवेदीले अहिले पनि विद्यालयमा यौन र प्रजनन स्वास्थ्यका विषयमा पढाउने बिषयगत शिक्षकको अभाव रहेको जानकारी दिनुभयो ।

विश्व स्वास्थ्य सङ्गठनले १० देखि १९ वर्ष उमेर समूहका व्यक्तिलाई किशोर किशोरी भनेका छन् ।

वि.सं.२०७४ असार ८ बिहीवार १४:५० मा प्रकाशित

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

बन्दीपुर । गाउँ पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय...

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले...

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...