back
CTIZAN AD

अध्यक्ष ओलीबाट भूकम्प प्रभावित विद्यार्थीलाई साइकल हस्तान्तरण

वि.सं.२०७४ असार १७ शनिवार

936 

shares

 १७ असार,काठमाडौँ । नेपालका भूकम्प प्रभावित क्याम्पस तहका ३०० विद्यार्थीका लागि एक चिनियाँ संस्थाले साइकल प्रदान गरेको छ । सिआरआई चाइनिज फान्डेसनले ती साइकल उपलब्ध गराएको हो ।

मदन भण्डारी मेमोरियल फाउन्डेसनको आयोजना र मदन भण्डारी स्पोर्टस एकेडेमीको व्यवस्थापनका आज यहाँ आयोजित कार्यक्रममा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाका वडा नं १, २ र ३ का भूकम्प प्रभावितका ३०० विद्यार्थीलाई सो साइकल हस्तान्तरण गरिएको हो । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एक कार्यक्रमबीच ती साइकल हस्तान्तरण गर्नुभएको हो ।

अध्यक्ष ओलीले नेपाल र चीनबीच सरकार र जनस्तरमा कायम रहँदै आएको सम्बन्धबारे चर्चा गर्दै भूकम्पपछिको अवस्थामा नेपाललाई चीनबाट प्राप्त सहयोगको सराहना गर्नुभयो । उहाँले सो सहयोगलाई भावनात्मक सहकार्यका रुपमा लिई आफ्नो उच्च शिक्षाको पढाइ पूरा गर्न विद्यार्थीहरुलाई सुझाव पनि दिनुभयो ।

एमाले काभ्रेका पूर्व जिल्ला अध्यक्ष गोकुल बास्कोटाले प्राप्त सहयोगका लागि चिनियाँ संस्थाप्रति आभार व्यक्त गर्नुभयो ।

मदन भण्डारी फाउन्डेसनका महासचिव डा राजन भट्टराईले चीन र अन्य देशका सामाजिक संस्थाहरुसँग फाउन्डेसनले सहकार्यका दायरा बढाउने बताउनुभयो ।

एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले वितरण हुन बाँकी विद्यार्थीका साइकल आगामी साउन २ गते बनेपामा हुने कार्यक्रममा हस्तान्तरण गरिने जानकारी दिनुभयो । रासस

वि.सं.२०७४ असार १७ शनिवार १५:४० मा प्रकाशित

प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित

प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८३ पारित भएको छ ।...

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका को आर्थिक सहयोग तथा स्थानीय...

प्रतिनिधिसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले मुलुकको समसामयिक विषयमा सरकारको...

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसहित विपक्षी दलहरुले मुलुककोे सीमा...

‘मौरिस हर्जोग’ पदमार्गको हुमखोलामा झोलुङ्गे पुल निर्माण

‘मौरिस हर्जोग’ पदमार्गको हुमखोलामा झोलुङ्गे पुल निर्माण

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण आधार शिविर...

दूधमा आत्मनिर्भर बन्दै बागलुङ

दूधमा आत्मनिर्भर बन्दै बागलुङ

बागलुङ । दश वर्षपहिले मलेसियाको रोजगारीबाट फर्किएका बागलुङ नगरपालिका–१२ लिलाधर...