back
CTIZAN AD

एनआरएनए फ्रान्सद्वारा गृष्मकालीन सामुन्द्रिक भ्रमणमा सहभागी हुन अनुरोध

वि.सं.२०७४ असार १८ आइतवार

1.2K 

shares

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् फ्रान्सले गतवर्षहरुमा झैँ गृष्मकालीन सामुन्द्रिक भ्रमणको आयोजना गरेको छ । एनआरएनए फ्रान्सले उक्त सामुन्द्रिक भ्रमणमा सहभागि हुन फ्रान्समा रहेका सबै नेपालीहरुमा अनुरोध गरेको छ । उक्त कार्यक्रममा बनभोजका साथै विविध सांस्कृतिक कार्यक्रमहरुको आयोजना समेत गरिने जनाइएको छ । यस्तो छ, एनआरएनए फ्रान्सद्वारा जारी निमन्त्रणा पत्र :

हार्दिक निमन्त्रणा

“सुचना ! सामुन्द्रिक भ्रमण बारे ज़रूरी सुचना ”

आदरणीय नेपाली दाजुभाई तथा दिदीवहिनीहरु,

गैरआवासीय नेपाली सं राष्ट्रिय समन्वय परिषद फ्रान्सले आफ्नो बार्षिक कार्यक्रम अनुरुप मिति २३/०७/२०१७ आईतबारको दिनमा यस बर्षको गृष्मकालीन सामुन्द्रिक भ्रमण आयोजना गर्ने भएकोले यहांहरु सबैलाई हार्दिक निमन्त्रणा गरिन्छ ।

यस पटकको कार्यक्रम पेरिस बाट २ घण्टा ३० मिनट बसमा लाग्ने ( Plage Etretat ) छनौट गरिएको छ । यस ठाउँमा बच्चा देखि बृद्दा सम्मलाई मनोरंजनहुने विभिन्न खेलभलिबल, बालबालिकाहरूको लागी खेलहरू खेल्ने ठाउंको उपलबध र सबैको लागी प्रमूख आकर्षण पौडि खेल्दा सामुनद्रिक तटको नया अनुभव गर्न सकिने साथमा बनभोज र सांस्कृतिक कार्यक्रमहरू , लोक दोहोरी र नाच गांनको समेत वातावरण तयारी गर्न सकिने सहर्ष सबैमा जानकारी गराउंदै उक्त कार्यक्रममा यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछौं ।
कार्यक्रम सम्बन्धि बिवरण यस प्रकार छ :-
मिति : आईतबार – 23 July 2017
वस छुट्ने स्थान :- Metro – Fort d’Aubervilliers : Line n° 7 – Rue Danielle Casanova, La Poste तर्फ
वस छुट्ने समय : विहान ८:०० बजे
फिर्ता आउने स्थान :- सोही दिन सोही स्थानमा बेलुकी लगभग ७:०० बजे
सहभागिता शुल्क :- ० देखि ३ वर्ष सम्मका वालवालिका को लागी : नि:शुल्क साथै ३ देखि १० वर्ष सम्मका लागि : २५€ लाग्ने गरी तय गरिएको छ भने १० वर्ष देखि माथिका व्यक्तीहरू को लागि : ४५€ लाग्नेछ । यो सहभागी शुल्क भित्र खाना, खाजा ,बस भाड़ा को समेत व्यवस्था हुनेछ ।

यस कार्यक्रममा सहभागी हुन इच्छुक महानुभावहरूले छिटो सिट रिर्जभ गर्नुहोला । हामीले यस वर्ष ११५ जना मात्रा लाई सहभागी गराउंने निर्णय गरेकाछौं । तेसैले आफ्नो स्थान समयमै सुरक्षित गर्नु होला । यस पाली यहाहरूले अनलाईन बाट पनी टिकट लिन सक्ने व्यवस्था मिलाएका छौ तेस्को लागीwww.nrnfrance.fr मा गएर  साथै निम्न व्याक्तीहरू संग पनी लिन सक्नु हुनेछ :-

सुवर्ण बिक्रम हमाल : 06 59 69 47 34,
एक बहादुर मल्ल : 06 51 90 85 73,
भक्त वाग्ले : 06 78 96 56 78,
घनश्याम पौडेल : 06 38 40 13 08,
नरेन्द्र शाही ठकुरी : 06 20 42 98 00 ,
गीता थापा : 06 95 35 92 34,
कृष्णा पराजुली : 06 11 71 52 98,
मिन जी सी : 06 81 71 71 38,
मिन कुमार श्रेष्ठ : 06 28 04 47 90.
पार्वती मल्ल : 06 95 51 92 20
प्रकाश सापकोटा : 06 13 26 14 24

थप जानकारीको लागी हाम्रो फेसबुक र वेब साईट पनि हेर्दै गर्नुहोला ।
प्रार्थी:-
नरेन्द्र शाही ठकुरी
माहासचिव
एवं गैह्र आबासीय नेपाली संघ , राष्ट्रिय समन्वय परिषद
फ्रान्स परिवार ।

 

वि.सं.२०७४ असार १८ आइतवार ०२:५५ मा प्रकाशित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...