back
CTIZAN AD

चारसय भन्दा बढी किसानलाई १५ हजार केराका विरुवा वितरण

वि.सं.२०७४ असार २० मंगलवार

1K 

shares

banana plant२० असार, कञ्चनपुर। आयस्तर कमजोर भएका कञ्चनपुरका ४०० भन्दा बढी किसानलाई टिस्युकल्चर प्रविधिबाट तयार गरिएका १५ हजार केराका बिरुवा सोमबार (१९ असारका) का दिन वितरण गरिएका छन् ।

नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर शाखाले मर्सिकोरको सहयोगमा सञ्चालित एमडीरेड परियोजना, समुदाय र कृषि विकास कार्यालयको गरी रु पाँच लाख ३६ हजार मूल्य बराबरका नौ जातका केराका बिरुवा किसानलाई वितरण गरिएको हो । रेडक्रसले गठन गरेको विपद् व्यवस्थापन समितिमा आबद्ध तिलकीमा दुई हजार ४००, पिपलाडीमा एक हजार ५००, जोनापुरमा एक हजार १२०, रानीपुरमा एक हजार ९२०, सिकलपट्टीमा एक हजार ६००, दुवाहामा एक हजार ४४०, दमलपट्टीमा एक हजार ३००, बल्मीमा एक हजार ६००, बैलकुण्डीमा ४६० र कटानमा एक हजार ६०० गरी १५ हजार केराका बिरुवा वितरण गरिएको छ ।

किसानले दश कट्ठादेखि डेढ बिघाका दरले गरी दश बिघा खेतमा केराका बिरुवा रोपेका एमडीरेड परियोजनाका अधिकृत महेश घिमिरेले बताउनुभयो । महिलाको आयस्तरमा वृद्धि गरी आत्मनिर्भर बनाउनका लागि वैज्ञानिक विधिबाट बढी फल्ने जातका केराका बिरुवा उपलब्ध गराएका छौँ” उहाँले भन्नु भयो ।

केराका बिरुवा खरिदका लागि उक्त कार्यालयबाट प्रतिबोट रु १५ अनुदान सहित रु दुई लाख २५ हजार, विपद् सामुदायिक समितिको कोषबाट रु ६० हजार ६०० र परियोजनाको रु दुई लाख ५१ हजार खर्च गरिएको छ । मलखाद र सिँचाइको व्यवस्था केरा खेती गर्ने किसानले व्यहार्ने भएका छन ।

फाइल :फोटो

वि.सं.२०७४ असार २० मंगलवार ०४:०९ मा प्रकाशित

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्र आज पनि देशको सबैभन्दा...

किसानको भविष्य र अनुदानको पुनर्संरचना

किसानको भविष्य र अनुदानको पुनर्संरचना

​नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि र पशुपालन क्षेत्र आज एक...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

रैथाने खानाको प्रवर्द्धनमा सेफ गजुरेललाई पाककला गौरव सम्मान

रैथाने खानाको प्रवर्द्धनमा सेफ गजुरेललाई पाककला गौरव सम्मान

नुवाकोट ।  नेपाली पाककला क्षेत्रका अग्रणी व्यक्तित्व सेफ मोहन बहादुर...

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

काठमाडौं । रैथाने खानाको प्रवर्द्धन गर्ने उद्देश्यसहित “रैथाने खाना प्रवर्द्धन...

यस्तो छ आजको बजारमा समितिले तोकेको तरकारीको थोक मूल्य !

यस्तो छ आजको बजारमा समितिले तोकेको तरकारीको थोक मूल्य !

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...