back

चारसय भन्दा बढी किसानलाई १५ हजार केराका विरुवा वितरण

वि.सं.२०७४ असार २० मंगलवार

648 

shares
GLOBAL IME AD
NTC AD

banana plant२० असार, कञ्चनपुर। आयस्तर कमजोर भएका कञ्चनपुरका ४०० भन्दा बढी किसानलाई टिस्युकल्चर प्रविधिबाट तयार गरिएका १५ हजार केराका बिरुवा सोमबार (१९ असारका) का दिन वितरण गरिएका छन् ।

नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर शाखाले मर्सिकोरको सहयोगमा सञ्चालित एमडीरेड परियोजना, समुदाय र कृषि विकास कार्यालयको गरी रु पाँच लाख ३६ हजार मूल्य बराबरका नौ जातका केराका बिरुवा किसानलाई वितरण गरिएको हो । रेडक्रसले गठन गरेको विपद् व्यवस्थापन समितिमा आबद्ध तिलकीमा दुई हजार ४००, पिपलाडीमा एक हजार ५००, जोनापुरमा एक हजार १२०, रानीपुरमा एक हजार ९२०, सिकलपट्टीमा एक हजार ६००, दुवाहामा एक हजार ४४०, दमलपट्टीमा एक हजार ३००, बल्मीमा एक हजार ६००, बैलकुण्डीमा ४६० र कटानमा एक हजार ६०० गरी १५ हजार केराका बिरुवा वितरण गरिएको छ ।

किसानले दश कट्ठादेखि डेढ बिघाका दरले गरी दश बिघा खेतमा केराका बिरुवा रोपेका एमडीरेड परियोजनाका अधिकृत महेश घिमिरेले बताउनुभयो । महिलाको आयस्तरमा वृद्धि गरी आत्मनिर्भर बनाउनका लागि वैज्ञानिक विधिबाट बढी फल्ने जातका केराका बिरुवा उपलब्ध गराएका छौँ” उहाँले भन्नु भयो ।

केराका बिरुवा खरिदका लागि उक्त कार्यालयबाट प्रतिबोट रु १५ अनुदान सहित रु दुई लाख २५ हजार, विपद् सामुदायिक समितिको कोषबाट रु ६० हजार ६०० र परियोजनाको रु दुई लाख ५१ हजार खर्च गरिएको छ । मलखाद र सिँचाइको व्यवस्था केरा खेती गर्ने किसानले व्यहार्ने भएका छन ।

फाइल :फोटो

वि.सं.२०७४ असार २० मंगलवार ०४:०९ मा प्रकाशित

तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन

तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन

मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्ष तीन हजार...

महानगरद्वारा हलगोरु पाल्ने किसानलाई अनुदान

महानगरद्वारा हलगोरु पाल्ने किसानलाई अनुदान

गण्डकी । पोखरा महानगरपालिकाले हलोगोरु पाल्ने महानगरका किसानलाई प्रतिपरिवार रु...

एक करोड १५ लाख लिटर दूध प्रशोधन

एक करोड १५ लाख लिटर दूध प्रशोधन

भरतपुर । चितवन मिल्कले एक वर्षमा एक करोड १५ लाख...

आलुखेतीबाट लाखौं आम्दानी गर्दै किसान

आलुखेतीबाट लाखौं आम्दानी गर्दै किसान

इनरुवा (सुनसरी) । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–७ का राजकिशोर मेहताले...

वर्षासँगै परेको असिनाले गहुँबाली र तरकारीमा क्षति

वर्षासँगै परेको असिनाले गहुँबाली र तरकारीमा क्षति

बैतडी । वर्षासँगै परेको असिनाले सुदूरपश्चिम प्रदेशमा बालीनाली र तरकारीमा...

पालिकाले सुरु गर्यो कृषि उपज बजार पुर्याउन एम्बुलेन्स सेवा

पालिकाले सुरु गर्यो कृषि उपज बजार पुर्याउन एम्बुलेन्स सेवा

भोजपुर । पौवादुङमा गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ ।...