back
CTIZAN AD

पर्वतका किसानलाई लप्सी प्रशोधन गर्ने आधुनिक उपकरण

वि.सं.२०७४ असार २० मंगलवार

918 

shares

kisan२० असार, फलेवास (पर्वत) । आधुनिक उपकरणको अभावमा जिल्लामा उत्पादित लप्सी खेर गइरहेका बेला पहिलोपटक पर्वतमा आधुनिक उपकरण भित्रिएको छ ।

नेपालमा मात्र पाइने र सबैभन्दा बढी पर्वत जिल्लामा उत्पादन हुने लप्सीको उचित रूपमा प्रशोधन हुन नसक्दा जिल्लाका अधिकांश स्थानमा उत्पादित लप्सी कुहिएर जाने गरेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घको एक गाउँ एक उत्पादनमा समेत समेटिएको लप्सी पर्वतका ३५ वटा साबिकका गाविसमा सफल रूपमा उत्पादन हुँदै आएको छ । वार्षिक रूपमा १४ हजार मेट्रिक टन लप्सी उत्पादन भए पनि प्रशोधनको अभावमा कृषकले उचित मूल्य पाउन सकेका छैनन् भने अधिकांश लप्सी बोटबाटै झरेर खेर जाने गरेको छ ।

प्रशोधन मेसिन नहुँदा उत्पादित लप्सीको ६० प्रतिशत खेर जाने गरेको अवस्थालाई मध्यनजर गर्दै व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले तीनवटा आधुनिक उपकरण उपलब्ध गारएको हो ।

पश्चिमाञ्चल क्षेत्रीय प्रशासक बिगेन्द्रराज शर्माले सदरमुकाम कुश्माबजारमा आइतबार आयोजित एक कार्यक्रममा झाँक्रीसल्ला लप्सी तथा खाद्यान्न उद्योगका खडानन्द शर्मा, सामुदायिक खाद्य प्रशोधन केन्द्रका सञ्चालक थानेश्वर भुसाल र लप्सी विकास समूह खानीगाउँका सञ्चालक जीतबहादुर नेपालीलाई सो उपकरण हस्तान्तरण गर्नुभएको थियो ।

अहिले उक्त उपकरणको बजार मूल्य रु एक लाख ६० हजार छ । उक्त उपकरणमा लप्सीका दाना राखेपछि बोक्रा, बिया र गुदी छुट्टाछुट्टै निस्किने हुँदा उत्पादन गर्न चाहेको वस्तु सहज रूपमा उत्पादन गर्न सकिने पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिओम शर्मा लामिछानेले जानकारी दिनुभयो ।

पर्वतमा अहिले पनि प्रशोधन उपकरणको अभावमा कृषकले लप्सीका दाना बिक्री गर्ने गरेका छन् भने केहीले परम्परागत रूपमा प्रशोधन गरेर जाम, अचार, क्यान्डी, माडा, धुलोलगायत सात प्रकारका खाद्यवस्तु उत्पादन गर्दै आएका छन् । रासस

वि.सं.२०७४ असार २० मंगलवार ०४:०५ मा प्रकाशित

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्र आज पनि देशको सबैभन्दा...

किसानको भविष्य र अनुदानको पुनर्संरचना

किसानको भविष्य र अनुदानको पुनर्संरचना

​नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि र पशुपालन क्षेत्र आज एक...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

रैथाने खानाको प्रवर्द्धनमा सेफ गजुरेललाई पाककला गौरव सम्मान

रैथाने खानाको प्रवर्द्धनमा सेफ गजुरेललाई पाककला गौरव सम्मान

नुवाकोट ।  नेपाली पाककला क्षेत्रका अग्रणी व्यक्तित्व सेफ मोहन बहादुर...

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

काठमाडौं । रैथाने खानाको प्रवर्द्धन गर्ने उद्देश्यसहित “रैथाने खाना प्रवर्द्धन...

यस्तो छ आजको बजारमा समितिले तोकेको तरकारीको थोक मूल्य !

यस्तो छ आजको बजारमा समितिले तोकेको तरकारीको थोक मूल्य !

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...