back
CTIZAN AD

बेपत्ता भएका तीन जना अझै फेला परेनन्

वि.सं.२०७४ साउन २ सोमवार

915 

shares

२ साउन, चरिकोट । रामेछापको लिखु गाउँपालिका–६ खिम्तीस्थित छतिवन टोलमा गए राति बाढीले बगाएर बेपत्ता भएका तीनजना अझै फेला परेका छैनन् ।

बाढीले बगाएका पाँच जनामध्ये दुईको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक कुमोद ढुङ्गेलका अनुसार दिनभर प्रहरी, सेना र स्थानीयवासीको सहयोगमा बेपत्ता भएकाको खोजि गरिए पनि फेला पार्न सकिएको छैन ।

लिखु गाउँपालिका–७ खिम्तीकी ७५ वर्षीया बालकुमारी खत्री र सोही स्थानका ४५ वर्षीय वासुदेव कार्कीको शव भेटिएको छ । छतिवनका ६२ वर्षीया सुमनकुमारी खत्री, १४ वर्षीया मनिता तामाङ र ५२ वर्षीय अशोक तामाङ अझै बेपत्ता छन् ।

बाढीका कारण घाइते ६ जनालाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडाँै लगिएको छ । बाढीले खिम्ती– फर्पु सडक खण्डमा पर्ने छत्तिवने खोलाको पुल बगाएको छ । बाढीले पुल नजिकैका दुईवटा घरसमेत बगाएको छ । शनिबार दिउँसोदेखि खिम्ती क्षेत्रमा अविरल वर्षा भएको थियो । राति १० बजेपछि खहरे र छतिवने खोलामा बाढी आएको थियो ।

स्थानीयवासीका अनुसार खिम्ती बजारस्थित खहरेपुलको उत्तरतर्फको गल्छीबाट बजार क्षेत्रमा बाढी पसेकाले स्थानीय कुमार खत्री, शम्भु विक र सुमन खत्रीको घरमा क्षति पुगेको छ । असुरक्षितलाई अन्यत्र सारिएको प्रहरीले जनाएको छ ।

वि.सं.२०७४ साउन २ सोमवार ०३:३० मा प्रकाशित

नेप्से परिसूचक २६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २६ दशमलव १६...

नर्सिङ र एचए पढाउने गण्डकी प्रदेश सरकारको तयारी

नर्सिङ र एचए पढाउने गण्डकी प्रदेश सरकारको तयारी

गण्डकी । प्रक्रियागत ढिलाइका कारण गत वर्ष सुरु हुन नसकेको...

मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा

मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा

मुस्ताङ । यहाँको प्रदेश अस्पताल जोमसोममा पछिल्ला चार आर्थिक वर्षमा...

चौबीस घण्टामा ट्राफिक प्रहरीद्वारा दुई हजार ७४६ जना कारबाहीमा

चौबीस घण्टामा ट्राफिक प्रहरीद्वारा दुई हजार ७४६ जना कारबाहीमा

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो चौबीस घण्टामा दुई हजार ७४६...

नदीमा माछा पाइन छाडेपछि पुख्र्यौली पेसा सङ्कटमा

नदीमा माछा पाइन छाडेपछि पुख्र्यौली पेसा सङ्कटमा

चौतारा (सिन्धुपाल्चोक) । यहाँको इन्द्रावती गाउँपालिका–११ भिमटारका बाटुले माझी ४५...

व्यवसायी गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश

व्यवसायी गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई सूचना म्याद पाएका...