back
CTIZAN AD

बेल भन्छन “मैले रियल छाड्ने कुराबारे आज सम्म सोचेको छैन”

वि.सं.२०७४ साउन २ सोमवार

1.4K 

shares

bale

२ साउन, एजेन्सी । रियल म्याड्रिडका स्टार फरवार्ड ग्यारेथ बेलले आफुले रियल छाड्ने कुरा आज सम्म सोच्दै नसोचेको प्रतिक्रिया दिएका छन् । रियलले फ्रेन्च फरवार्ड किलिएन एम्बेप्पेलाई भित्राउनको लागि बेललाई बेच्न सक्ने खबरहरु आईरहेको बेला बेलले रियल नछाड्ने बताएका छन् ।
रियल सँग प्रि सिजन टुरको लागि अमेरिकामा रहेका बेलले यस्तो कुरा बताएका हुन् । २८ वर्षिय वेल्स फरवार्डले आफु रियलमा निकै खुशी रहेको प्रतिक्रिया दिएका छन् । उनले रियलमा को आउछ को जान्छ भन्ने कुरा भन्दा पनि टिममा आफ्नो स्थानको लागि लड्ने बताएका छन् ।
रियल अहिले प्रि सिजन टुरको लागि अमेरिकामा रहेको छ । रियलले प्रि सिजनमा म्यान्चेष्टर युनाइटेड, म्यानचेष्टर सिटी, वार्सिलोना तथा एमएलएस स्टारहरु सँग खेल्ने कार्यक्रम रहेको छ ।

वि.सं.२०७४ साउन २ सोमवार ०७:४८ मा प्रकाशित