back
CTIZAN AD

भेडापालनलाई व्यावसायिक बनाउन अनुदान

वि.सं.२०७४ साउन २ सोमवार

900 

shares

bhedapalan२ साउन, म्याग्दी । जिल्ला पशुसेवा कार्यालयले कालीगण्डकी क्षेत्रका भेडापालक कृषकका लागि चालू आर्थिक वर्षमा रु ७० लाख अनुदान रकम परिचालन गरेको छ ।

पशु उत्पादन निर्देशनालयमार्फत प्राप्त कार्यक्रमअन्तर्गत भेडालाई घुम्ती गोठ तथा टहरा निर्माण, परजीवी नियन्त्रणका लागि पोखरी निर्माण, ऊन संकलन तथा बिक्री केन्द्र स्थापना, प्रजननयोग्य थुमा वितरणलगायतका क्षेत्रमा सो बजेट परिचालन भएको कार्यालयका वरिष्ठ पशु चिकित्सक मनबहादुर पुनले बताउनुभयो ।

भेडापालनलाई थप व्यावसायिक बनाई जिल्लालाई ऊन र मासुमा आत्मनिर्भर गराउने उद्देश्यले पशु उत्पादन निर्देशनालयमार्फत आएको उक्त कार्यक्रमबाट कालीगण्डकी भेडापालक स्रोत विकास केन्द्रमा आबद्ध कृषक लाभान्वित भएका छन् । सो बजेटबाट १० वटा गोठ निर्माणमा जनही रु दुई लाख र १० वटा टहरा निर्माणमा रु ५० हजार गरी कुल रु २५ लाख अनुदान दिइएको थियो ।

कार्यालयले दिएको अनुदान रकममा कृषकले श्रमदान थपेर गोठ र टहरा निर्माण गरेको कार्यालयका पशुसेवा प्राविधिक डिल्लीराम रेग्मीले बताउनुभयो । उहाँले कृषकलाई दिइएको अनुदानको पूर्ण सदुपयोग भएको अनुगमनका क्रममा भेटिएको समेत जानकारी दिनुभयो ।

प्राविधिक रेग्मीका अनुसार, कार्यालयले यो वर्ष उक्त कार्यक्रमअन्तर्गत कालीगण्डकी करिडोरका भेडापालक कृषकलाई २० वटा प्रजनन योग्य थुमा वितरणका लागि रु छ लाख, भेडाको मासु बिक्री कक्षका लागि रु एक लाख, चरणमा जाने बाटो मर्मतमा रु सात लाख, विशालु झारपात हटाउन रु एक लाख ५० हजार, ऊन प्रशोधन तथा बिक्री कक्षका लागि रु चार लाख अनुदान दिइएको छ ।

कालीगण्डकी भेडापालक स्रोत विकास केन्द्रमा आबद्ध ६५ किसानले अहिले ११ हजार ५०० भेडा पालेका छन् । ‘‘जिल्लामा पहिलोपटक आएको यो कार्यक्रमबाट किसानलाई उल्लेख्य सहयोग पुगेको पाएका छौँ, अनुदानमा कृषकले समेत श्रमदान थप गरी उपयोग गरेको भेटियो, आगामी वर्षहरुमा समेत यस्ता कार्यक्रमले निरन्तरता पाएमा भेडापालनतर्फ किसानलाई थप आकर्षित र व्यावसायिक बनाउन सकिने देखिन्छ” – अनुदानको अनुगमनका क्रममा बाँदुक पुग्नुभएका पशुसेवा प्राविधिक रेग्मीले भन्नुभयो ।

कार्यालयले सो कार्यक्रमअन्तर्गत भेडापालक कृषकलाई परजीवी नियन्त्रण, आहारा विकास कार्यक्रम, समूह गठन तथा स्रोत केन्द्र स्थापना, अन्तक्र्रिया तथा कार्ययोजना निर्माण, किसान बस्ने टेन्ट निर्माणमा समेत सहयोग गरेको थियो भने सोलार टुकी, गमबुट, टर्चलाइट वितरण गर्ने तयारी भइरहेको कार्यालयका पशु विकास अधिकृत नरबहादुर बानियाँले जानकारी दिनुभयो ।

यसअघि भेडालाई खुलाचौरमा छाड्दै आएकामा कार्यालयले गोठ र टहरा निर्माणमा अनुदान उपलब्ध गराएपछि अहिले भेडा राख्ने गोठ निर्माण गरिसकेको रघुगंगा गाउँपालिका–१ बाँदुकका भेडापालक कृषक लक्ष्मण पुर्जाले बताउनुभयो । ‘‘मैले भर्खरैमात्रै भेडापालन थालेको हुँ, दुई भाइ मिलेर रु ३८ लाख लगानीमा भेडापालनमा लागेका हामीलाई पशुसेवा कार्यालयको अनुदान सहयोगले थप उत्साहित बनाएको छ” – पुर्जाले थप्नुभयो । रासस

वि.सं.२०७४ साउन २ सोमवार ०७:५८ मा प्रकाशित

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्र आज पनि देशको सबैभन्दा...

किसानको भविष्य र अनुदानको पुनर्संरचना

किसानको भविष्य र अनुदानको पुनर्संरचना

​नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि र पशुपालन क्षेत्र आज एक...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

रैथाने खानाको प्रवर्द्धनमा सेफ गजुरेललाई पाककला गौरव सम्मान

रैथाने खानाको प्रवर्द्धनमा सेफ गजुरेललाई पाककला गौरव सम्मान

नुवाकोट ।  नेपाली पाककला क्षेत्रका अग्रणी व्यक्तित्व सेफ मोहन बहादुर...

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

काठमाडौं । रैथाने खानाको प्रवर्द्धन गर्ने उद्देश्यसहित “रैथाने खाना प्रवर्द्धन...