back
CTIZAN AD

खेतमा महिलाको शव भेटियो

वि.सं.२०७४ भदौ २३ शुक्रवार

933 

shares

२३ भदौ, रत्ननगर (चितवन) । पश्चिम चितवन जगतपुरको शीतलपानीस्थित खेतमा एक महिलाको शव फेला परेको छ ।

भरतपुर महानगरपालिका–२३ शीतलपानीका दीनानाथ पौडेलको खेतको कुलोमा ३५–४० वर्षको जस्तो देखिने महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार बिहीबार साँझ फेला परेको महिलाको शवपरीक्षणका लागि अहिले भरतपुर अस्पतालमा ल्याइएको छ । खुट्टामा बोरा बेरिएको तथा सडेको अवस्थामा शव भेटिएको हो ।

शवको पहिचान नभएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । घाँस काट्ने मान्छेले देखेर प्रहरीलाई खबर गरेको जानकारी दिँदै स्थानीयवासी गणेश पौडेलले खुट्टा र टाउकामा बोरा बेरिएको अवस्थामा शव भेटिएको बताउनुभयो ।

पौडेलले कतैबाट हत्या गरेर ल्याई फालेको आशंका गरिए पनि अहिलेसम्म कतैबाट जानकारी नआएको बताउनुभयो ।

वि.सं.२०७४ भदौ २३ शुक्रवार ०६:१६ मा प्रकाशित

 सलहेश फूलबारी मेलाको अन्तरराष्ट्रियकरणको खाँचो

 सलहेश फूलबारी मेलाको अन्तरराष्ट्रियकरणको खाँचो

काठमाडौँ । नयाँ वर्षको दिन सिरहाको लहानमा अवस्थित लोकनायक सलहेश...

राष्ट्रिय हित र विधिको शासनका लागि सबै मिलेर अघि बढौं : पूर्वप्रधानमन्त्री कार्की

राष्ट्रिय हित र विधिको शासनका लागि सबै मिलेर अघि बढौं : पूर्वप्रधानमन्त्री कार्की

काठमाडौँ । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय हित, विधिको शासन र...

गृहमन्त्री गुरुङद्वारा नारायणगढ-बुटवल सडक खण्ड अनुगमन : समयमै काम सम्पन्न गर्न निर्देशन

गृहमन्त्री गुरुङद्वारा नारायणगढ-बुटवल सडक खण्ड अनुगमन : समयमै काम सम्पन्न गर्न निर्देशन

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले नारायणगढ–बुटवल सडक खण्डको अनुगमन गरेका...

मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु

मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु

सुरुङ्गा (झापा) । यहाँको कन्काई नगरपालिका–४ कोटीहोममा मलामी बोकेको ट्याक्टरबाट...

झापाका दुई उद्योगमा आगलागी

झापाका दुई उद्योगमा आगलागी

सुरुङ्गा (झापा) । यहाँको बिर्तामोड नगरपालिका–४ मा सञ्चालित दुई उद्योगमा...

यस्तो बन्दैछ ‘पोखरा घर’

यस्तो बन्दैछ ‘पोखरा घर’

गण्डकी । पर्यटकीय राजधानी पोखरालाई चिनाउने ‘पोखरा घर’ निर्माण अन्तिम...