back
CTIZAN AD

उस्तै चुनावी एजेण्डा कसैका लिखित कसैका अलिखित

वि.सं.२०७४ कात्तिक ३० बिहीवार

867 

shares

election-prades

३० कात्तिक, जाजरकोट  ।  जिल्लाको सदरमुकामदेखि गाउँसम्म चुनावको गतिविधिले रौनकता ल्याएको छ ।

प्रदेशसभा र प्रतिनिधिसभाको चुनावलाई लक्षित गरी यहाँका दल र तीनका उम्मेदवार अहिले गाउँदेखि सदरमुकामसम्म प्रचारप्रसारमा व्यस्त छन् ।

गाउँ–गाउँमा भएका चुनावमा वाम गठबन्धन र नेपाली काँगे्रसको प्रचार र चुनावीसभामा सबै उम्मेदवारका करिव एकैखालका एजेण्डा छन् । वाम गठबन्धका चुनावी एजेण्डा लिखित छ भने नेपाली काँगे्रसको अलिखित छ ।

वाम गठबन्धन र नेपाली काँग्रेसका उम्मेदवारका एकैखालका एजेण्डाले गर्दा यहाँका स्थानीयवासीले केन्द्रमा कुन उम्मेदवारको पहुँच कति छ भनेर हिसाब गर्न थालेका छन् ।

वाम गठबन्धनका उम्मेदवारले अन्तर्राष्ट्रिय पुलकारूपमा भेरी करिडोर राजमार्गको विकास गरी भारतको रुपैडिहादेखि तिब्बत जोड्ने बाटो, लुम्बिनी बौद्धस्थल, दाङ नेपालगञ्जदेखि कर्णाली रारासम्म पुग्ने मूलढोकाको रूपमा रहेको चाखुरे सुरुङ मार्ग निर्माण गर्ने महत्वाकांक्षी योजनादेखि स्थानीय विकास निर्माणका कार्य निर्माण गर्नेसम्मका साझा चुनावी मुद्दा बनाएका छन् ।

उक्त एजेण्डामा जिल्लाको पर्यटनसँग जोडिएको कुशेमुसे, चाखुरे, ठाकुरजी गाध, नदाइडाप, पदमार्ग निर्माणका साथै ताल संरक्षण, भ्यू टावर निर्माण तथा हिम चिप्लेटीको निर्माणमा जोड दिइएको छ । धार्मिक, संस्कृतिक, जैविक सम्पदालाई पर्यटन गन्तव्यका रूपमा विकास गर्ने उल्लेख छ । जिल्लाका दुई ठाउँ दल्ली र थलहमा प्राविधिक शिक्षालय निर्माण गरी जिल्लामै दक्ष जनशक्ति उत्पादन गर्ने कुरा उल्लेख छ । महिला स्वयंसेविकालाई जीवन निर्वाह हुने गरी मासिक भत्ताको व्यवस्था गर्नेजस्ता एजेण्डा पनि समावेश छ ।

निर्मार्णाधीन नलगाड जलविद्युत् परियोजना सम्पन्न गर्दै भेरी, मजकोट खोला, छेडागाडलगायका साना, ठूला सबै विद्युत् निर्माण गरी जाजरकोट उज्यालो बनाउने लक्ष्य राखिएको छ । जिल्लाका सबै ठाउँमा सडक सञ्जालले जोडेर आमनागरिकलाई सुविधा पु¥याउने पनि सो एजेण्डामा उल्लेख छ ।

यता नेपाली काँग्रेसबाट प्रतिनिधिसभाका उम्मेदवार राजीवविक्रम शाह, प्रदेशसभा सदस्यका उम्मेदवार ‘क’ वेदराज सिंह र ‘ख’ का उम्मेदवार दीपकजंग शाहले व्यक्तिगतरूपले कुनै प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको छैन । उहाँहरूले चुनावी भाषणमा विदेश जाने युवालाई रोकेर स्वदेशमै स्वरोजगार सिर्जना गरी जिल्लाको विकास गर्ने, बढ्दो भ्रष्टाचार न्यूनीकरण गर्ने, राष्ट्रियस्तरका आयोजना निर्माणका लागि दबाब दिनेलगायतका चुनावी एजेण्डा उठाउनुभएको छ ।

प्रदेशसभा सदस्य ‘क’ का उम्मेदवार बेदराज सिंहले अहिले महत्वकांक्षी एजेण्डा उठाउने पछि पूरा गर्न नसकेकामा जनताले नपत्याउने भएकाले व्यक्तिगत प्रतिबद्धतापत्र सार्वजनिक नगरेको राससलाई बताउनुभयो ।

नेपाली काँग्रेसले केन्दीयस्तरबाट सार्वजनिक गरेको घोषणापत्र नै हाम्रो समृद्धिको योजना भएकाले जिल्लाका लागि छुट्टैे बनाउनु नपर्ने बताउनुभयो । सिंहले भनेजस्तै प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजीवविक्रम शाहले पनि व्यक्तिगत प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको छैन ।

वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शक्तिबहादुर बस्नेत, प्रदेशसभा सदस्य ‘क’ का उम्मेदवार गणेशप्रसाद सिंह, ‘ख’ का उम्मेदवार करवीर शाहीले साझा एजेण्डामार्फत आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको छ ।

स्थानीयवासीले जाजरकोटको समग्र विकासका लागि चाहिने नेतृत्वको खोजी गरिरहेको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताउनुभयो । राज्यका विभिन्न निकायममा पहुँच बढाउन र स्थायित्वको खोजी जिल्लावासीले गरिरहेको शाहको भनाइ छ ।

स्थानीय चुनावको भोटका आधारमा हेर्ने हो भने वाम गठबन्धन बलियो देखिन्छ । दोस्रो संविधानसभा चुनावमा पनि जिल्लाको क्षेत्र नं १ मा माओवादी केन्द्रकै बस्नेतले जित्नुभएको थियो भने क्षेत्र नं २ मा नेपाली काँग्रेसकै शाहले जित्नुभएको थियो । अहिले उहाँ दुवैजना प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुनुहुन्छ । राजीव जिल्लाका लागि चाहिने र शक्ति केन्द्रीय राजनीतिका लागि चाहिने पात्र रहेको राजनीतिक विश्लेषकको भनाइ छ ।

वि.सं.२०७४ कात्तिक ३० बिहीवार ०७:३१ मा प्रकाशित

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

म्याग्दी । १३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन...

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

त्रिवेणी (नवलपरासी) । नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको...

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता...

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल...

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई...

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

  काठमाडौं । सरकारले संसद् अधिवेशन रोकेर एकैपटक ६ वटा...