back
CTIZAN AD

पर्सा राष्ट्रिय निकुञ्जभित्र रिसोर्ट खुल्दै

वि.सं.२०७४ कात्तिक ३० बिहीवार

846 

shares

parsa national park

३० कात्तिक, वीरगञ्ज ।  बाराको निजगढ आसपासमा निजगढ काठमाडौँ द्रुतमार्ग तथा तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने भएपछि आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी पर्सा राष्ट्रिय निकुञ्ज वरिपरि रिसोर्ट खुल्ने क्रम बढ्दै गएको छ ।

प्रदेश नं २ को एकमात्र निकुञ्ज भएकाले यहाँ आउने स्वदेशी तथा विदेशी पर्यटकलाई थप सेवा सुविधा उपलब्ध गराउने उद्देश्यले रिसोर्ट तथा होटल खुल्ने क्रम बढ्न थालेको हो ।

आरक्षबाट निकुञ्जमा स्तरोनन्ति भएपछि यस क्षेत्रमा ठूलो लगानीमा होटलसमेत खुल्न थालेको हो । होटल व्यावसायीले स्वदेशी तथा विदेशी पर्यटकलाई तान्न ठूलाठूला लगानीमा होटल तथा रिसोर्ट निर्माण गर्न थालेका छन् ।

होटल व्यवसायी मोहन शर्माले रु दुई करोड ५० लाखको लगानीमा एलिफेन्ट भिलेज रिसोर्ट निर्माण गर्न लाग्नुभएको छ । निर्माणको अन्तिम चरणमा रहेको सो रिसोर्टमा सुविधासम्पन्न कोठा, खाने बस्ने व्यवस्था पौडी पोखरी, निकुञ्ज घुमाउने पथप्रदर्शकको व्यवस्था गरिएको छ ।

करिब ६७३ वर्गकिमी क्षेत्रमा फैलिएको पर्सा राष्ट्रिय निकुञ्ज धार्मिक तथा जैविक विविधताले भरिएको छ । सिमरास्थित चारतारे होटल इच्छाका सञ्चालक इच्छाबहादुर बाग्लेले हात्तीसार क्षेत्रमा होटल निर्माण गर्ने योजना राख्नुभएको छ । करिब रु तीन करोडको लगानीमा निर्माण गरिने सो होटल सुविधासम्पन्न हुने बताइएको छ ।

जैविक विविधताले भरिएको तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको निकुञ्जमा होटल तथा रिसोर्ट व्यवसायीको सम्भावना रहेकाले व्यवसायप्रति आकर्षित हुनु यस क्षेत्रको आर्थिक विकासमा थप टेवा पुग्न जाने विश्वास निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभक्त आचार्यले बताउनुभयो ।

बारा र पर्साको सीमामा पर्ने निकुञ्जभित्र दुर्लभ जनावर लोप हुँदै गइरहेको पशुपक्षी हेर्न प्रत्येक वर्ष दुई हजारको हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटक आउने गरेका छन् । यस क्षेत्रको आर्थिक विकासका रुपमा रहेको दु्रत मार्ग (फास्ट ट्र्याक) र विमानस्थल निर्माण भएपछि यहाँको आर्थिक विकासमा थप टेवा पुग्ने विश्वास गरिएको छ ।

उद्योगपति प्रदीप केडियाले निकुञ्जमा होटल खुल्नु सकारात्मक भएको बताउनुभयो । निकुञ्जमाथि चुनौती थपिदै गएकाले यसलाई हटाई पर्यटकीय क्षेत्रको विकासका लागि पहल गर्नुपर्नेमा जोड दिनुहुन्छ ।

वि.सं.२०७४ कात्तिक ३० बिहीवार ०७:२६ मा प्रकाशित

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

बन्दीपुर । गाउँ पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय...

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले...

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...