back
CTIZAN AD

कतारमा पाख्रीन र दाहालको सम्झनामा श्रदान्जलीसभा

वि.सं.२०७४ मंसिर ११ सोमवार

1.1K 

shares

qatar-sardanjali1भोला थापा, दोहा । कतारमा रहेका नेकपा माओवादी केन्द्र र नेकपा एमालेका भातृृ संगठनले नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य एवंम प्रचण्डका स्वकिय सचिव साकार दाहाल (प्रकास) र जनवादी गायक खुसीराम पाख्रीनको सम्झनामा एक कार्यक्रमका बिच श्रद्धाञ्जली सभा सम्पन्न गरेका छन् ।

नेपाली जनप्रगतीशिल मंच कतार र प्रवासी नेपाली मंचले कतारले सनैयामा विहिवार संयुक्त कार्यक्रम गर्दे गत मंसिर ३ गते असमयिक निधन भएका दाहाल तथा उनैको सम्झनामा गत मंसिर ५गते चितवनमा वाम गठबन्धनले सयुक्त रुपमा आयोजना गरेको जन सभामा जनबादी गित प्रस्तुत गर्दै गर्दा हृदयघातका कारण मृत्यु भएका स्वर्गीय पाख्रीन प्रती श्रद्धाञ्जली सभा सम्पन गरेको हो ।

कार्यक्रममा बोल्दै नेकपा मओवादी केन्द्रका मध्यपुर्व संयोजक सनी कुमार वलीले स्वर्गिय दहालले विद्रोहबाट आएको नेताको सचिवालय ब्यवस्थापन र सुरक्षा लगाएतका चुनौतीपुर्ण कार्यलाई उत्कृष्ट रुपमा सम्पन्न गरेको भन्दै कोहि पनि मान्छे जिवित रहने बेला सम्म उसलाई विभिन्न टिकाटिप्णी गरिए पनि उसको अभावमा मात्र वास्तविक मुल्याङकन हुने बताए । साथै वलीले जनवादी गायक एवंम नेकपा मओवादी केन्द्रका सल्लाहकार पाख्रीनले आफना सिर्जना मार्फत सधै जनतालाई चेतना फैलाउने र बिशेष गरि युवालाई नेतृत्व लिन आह्वान गर्ने गरेको बताए ।

sardanjali2सो शोक सभामा बोल्दै प्रवासी नेपाली मंच कतारका संस्थापक अध्यक्ष कमल मणि गुँरागाईले स्वर्गीय दहाल र पाख्रीनको निधनबाट समग्र वामपान्थी आन्दोलनमा अपुर्णयी क्षती पुगेको भन्दै यस शोकलाई शक्तिमा बद्लेर अगाडि बढनुपर्ने बताए ।

कार्यक्रममा प्रवासी नेपाली मंच कतारका अध्यक्ष चाणक पोख्रेलले स्वर्गिय प्रकाश दाहालको निधन प्रति सिङ्गो प्रवासी नेपाली मंच शोकमा डुबेको भन्दै प्रकाश पुुुुर्व प्रधानमन्त्री तथा नेकपा माकेका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को पुुत्र मात्र नभएर सिङ्गो नेपालको एक होनाहार युवा गुुुुमाउनु परेका बताए ।

जनप्रगतीशिल मंचका पाँचौ महाधिवेशन समिती संयोजक रकम ध्वाज राईको सभापतित्व सम्पन्न सो कार्यक्रममा नेपाली जन सम्पर्क समिती कतारका महामन्त्री अजिज अली, गैरआवसीय नेपाली संघ सामान्य परिषद कतारका अध्यक्ष नविन पोख्रेल, प्रवासी नेपाली मंच कतारका सल्लाहकार टिवि कार्की, संघिय लिम्वुवान सामाजिक मञ्चका महासचिव डम्बर एभेन, नेपाली जनप्रगतीशील मञ्चका संगठन विभाग प्रमुख मोहन कार्की, सल्लाहकार सन्तोष क्षत्री, नेपाली जनप्रगतिशिल मंचका पाचौ महाधिवेशन सहसंयोजक राजु डुम्रे , एनआरएनए एनसिसि कतारका उपाध्यक्ष सुदर्शन भट्ट, महासचिव बुधबल गुरूङ, नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष गणेश बन्जाडे लगायत प्रवासी नेपाली मंच र नेपाली जनप्रगतिशिल मंचमा आवद्ध लगायत विभिन्न संघ सस्थाका प्रतिनिधिको उपस्थिती रहेको थियो ।

नेपाली जनप्रगतिशिल मञ्च कतारका सचिव महेश दाहालले शोक वक्तव्य प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन प्रवासी नेपाली मंच कतारका महासचिव मुनाफ मियाँले गरेका थिए ।

वि.सं.२०७४ मंसिर ११ सोमवार ०६:०३ मा प्रकाशित

एनआरएनए आइसीसीद्वारा ५१ सदस्यीय सल्लाहकार समिति गठन

एनआरएनए आइसीसीद्वारा ५१ सदस्यीय सल्लाहकार समिति गठन

काठमाडौँ । गैरआवासीय नेपाली संघको ११५ औँ अन्तर्राष्ट्रिय समन्वय परिषदको...

नेपाल डे न्यु जर्सीको आय–व्यय सार्वजनिक

नेपाल डे न्यु जर्सीको आय–व्यय सार्वजनिक

न्युजर्सी । अमेरिकाको फेयर लनमा गत जुन ६, २०२६ मा...

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्धारा सरकारको ध्यानाकर्षण

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्धारा सरकारको ध्यानाकर्षण

अमेरिका । नेपाल नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाले राज्यको संरचना...

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...