
देशमा भनेजस्तो रोजगारीको अभाव अनि विदेशमा सहजरुपमा पाइने रोजगारीको सपनाका कारण दिनहुँ सयौं नेपाली सपनाहरु खाडी मलेसिया लगायतका देशमा पुगिरहेका छन् भने उच्च शिक्षाको लागि युरोप र अमेरिका जाने नेपाली सपनाहरु त्यत्तिकै रुपमा ताँती लागेका छन् पछिल्लो समय । यसले आफ्नो देशमा अनि आफ्नो बाँजो बारीमा संघर्षका पसिना बगाउने बानी हराएको छ, भने आफ्नै देशमा जति नै उच्चस्तरीय शिक्षा प्राप्त हुने अवस्थामा पनि युवाहरुको ताँती अमेरिका र युरोप लगायतका देशमा पुगिरहेको छ । जब आफ्नै देशमा आफूले भनेजस्तो र रोजेजस्तो पाइएन\मिलेन भने विदेशमा झन त्यो कसरी सहज हुनसक्छ र त्यो सबैले सहजरुपमा अनुमान गर्न सकिन्छ । तर, अहिलेको विश्व, तिब्र विकास भएको पछिल्लो अवस्थामा विश्व देख्ने र बुझ्ने भन्दा पनि आफ्नो व्यक्तिगत खुसीका लागि युवा सुनौलो सपना देख्दै विदेशको गल्लीमा भौतारिरहेको हुन्छ ।
उसले त्यहाँका गल्लीमा आफू अनुकुल पाउँदैन, त्यहाँका मान्छेमा पारिवारीक वातावरण पाउँदैन्, त्यहाँ उसले आफ्नो जन्मभूमिको वातावरण पाउन सक्तैन् । नत आमाको माया भरिएको काख अनि बाबुको माया भरिएको अंगुलीको सहारा नै । नत भनेजस्तो रुपमा आर्थिक, भौतिक रुपमै उसले त्यहाँ केही पनि पाउँदैन् । अनि त मनमा नैराश्यता, देश, परिवार, साथीभाइको सम्झनाले व्याकुल बन्दा मृत्युसम्मको बाटो रोज्ने यात फेरि सन्तुलन गुमाउने गरेको पाइएको छ । खाडी र मलेसिया, कोरिया तथा जापानजस्ता देशहरुमाका देशमा धेरै नेपालीले आफ्नो प्रिय तथा प्रियसीको साथ छुट्दा र मिलनको पर्खाइमा बस्दा बस्दै ज्यान गुमाएको पाइएको छ भने कतिपय कामको प्रकृतिका कारण, वातावरणको कारण र कामको खटन अनुसार पनि उनीहरुको मृत्यु भएको र आत्महत्या गर्ने सम्मको बाटो रोजेको पाइएको छ ।
हामीले खाडी र मलेसियाका देशमा रहेका नेपालीले मृत्युवरण गर्दा उनीहरुका परिवारलाई उसको मृत्युको कारण सत्य तथ्य पत्ता लगाउन सहज होस् भनेर विभिन्न स्रोत र व्यक्तिहरुको नाम उल्लेख गरेर मृत्युको समाचार लेख्ने कोशिष गरेका छौं भने सुखद भविष्यको खोजीमा युरोप र अमेरिका पुगेकाको पनि त्यहाँको जीवनशैली त्यति सहज छैन भन्ने सन्देश दिनकै लागि हामीले स्तम्भका रुपमा मृत्युका समाचार दिएका हौं । हामीले लेखेको समाचार मात्र नभएर अन्य विदेश पुगेका धेरै नेपाली सपनाको मृत्यु भएको र त्यसको समाचार विस्तृत रुपमा ल्याउन नसकिने अवस्था हुँदो रहेछ । फेरि पनि हामीले एकमुष्ट रुपमा प्रत्येक महिना विदेशमा हराएका नेपाली सपनाहरुको समाचार दिदैं आइरहेका छौं । यसमा यहाँको नजदिक त्यस्ता घटना भइहालेमा यहाँले पनि समाचार दिन सक्नुहुन्छ । ताकी उहाँहरुको परिवारलाई घटनाको नजदिक पुग्न तथा अनुसन्धान गर्नका लागि सहज बनोस् । अनि विदेश जाने सोँच बनाएको अर्को नेपाली सपनाले जानुपुर्व सवाधानी अपनाओस् भन्ने हाम्रो मुख्य ध्येय हो ।
असोज २०७४ मा प्रवासमा हराएका नेपाली सपनाहरु
विद्यार्थी भिसामा अमेरिकामा पुगेका गुल्मीका एक युवाले आत्महत्या गरेका छन् । १५ महिना अघि अमेरिका पुगेका गुल्मी श्रीङगा घर भई हाल काठमाडौं संखमुलका २३ वर्षीय प्रसिद्ध कँडेलले १० अक्टोबरका दिन आफ्नै कोठाको लन्ड्री रुममा आत्महत्या गरेका हुन् ।
कंडेलले डिप्रेसनका कारण आत्महत्या गरेको बुझिएको छ । अमेरिकाको अलाबामाको विश्वविद्यालयमा अध्ययनका लागि पुगेका कँडेल ८ महिना अघि मात्र बाल्टिमोरको सीसीबीसी कलेजमा अध्ययनरत थिए । उनको अमेरिकामै दासंस्कार गरिएको छ ।
दक्षिण कोरियामा कार्यरत गुल्मीका कमल कार्की झुण्डिएको अवस्थामा मृत फेला परेका छन ।
कोरियाको ख्वाङ्गी दो, ह्वासङसी छोआमस्थि मोटर पार्टस् बनाउने कम्पनीमा कार्यरत कार्की इपियसमार्फत चारमहिना अघि मात्र कोरिया पुगेका थिए ।
कार्की आफू कार्यरत कम्पनीको नजिकै रहेको गोदााममा २५ सेप्टेम्बरका दिन झुण्डिएको अवस्थामा भेटिएको सोहि कम्पनीमा कार्यरत नेपालीहरुले जनाएका छन् ।
राती खाना खाएर साथिहरुसँगै सुतेका कार्की रातको दुईबजे रुमबाट निस्केको रुम पार्टनरले बताएका छन् ।
नेपालबाट गएको कम्पनीमा काम गा¥हो भएर सो कम्पनीमा कामगर्न आएका उनी काम सकिनासाथ मोबाइलमा व्यस्त रहने गरेको र कम्पनीका कारण भन्दा पनि घरायसी कारणले आत्महत्या गरेको हुन सक्ने साथीहरुले अनुमान गरेका छन् ।
कार्कीको मृत्युबारे सउलस्थित नेपाली दूतावासले स्थानीय प्रहरुबाट औपचारिका जानकारी आइसकेको जनाएको छ । कार्की कार्यरत कम्पनीमा ११ नेपाली कार्यरत छन् ।
मलेसियामा ताप्लेजुङका मिङ्मा शेर्पाको निधन भएको छ । आदिवासी जनजाति महासंघ मलेसियाका अध्यक्ष समेत रहेका शेर्पाको २९ सेप्टेम्बरका दिन मृत्यु भएको हो ।
मलेसियाको शाहआलममा रहेको एक कम्पनीमा सेक्युरेटी पदमा कार्यरत शेर्पाको ड्युटीमै रहेको अवस्थामा ज्यान गएको उनका साथीहरुले जानकारी दिएको मलेसियाबाट पत्रकार रामचन्द्र नेपालले जनाएका छन् । उनले २३ सेप्टेम्बरका दिन आफू विरामी भएको र साथीहरुलाई फोनको तथा म्यासेजको उत्तर दिन नसकेको भन्दै फोटो समेत राखेका थिए ।
अत्यन्तै मिलनसार रहेका शेर्पा विभिन्न सामाजिक संघ संस्थामा रहेर सामाजिक काममा सक्रिय रहेका थिए ।
मलेसियामै रामधुनी नगरपालिका वडा नं ४ झुम्का सुनसरीका धुव्र नारायण चौधरीको कामगर्ने क्रममा लडेर मृत्यु भएको छ ।
साढे ३ वर्षदेखि इमबुस इण्डष्ट्रीजमा कार्यरत चौधरीको काम गर्ने क्रममा घरको तलाबाट लडेर मृत्यु भएको उनका साथी सरोज चौधरीले जानकारी दिएको पत्रकार नेपालले जनाएका छन् । चौधरीको शब नेपाल ल्याइसकिएको छ ।
साउदीमा कार्यरत रुकुमका दिपक बुढाथोकीको सवारी दुर्घटनामा ज्यान गएको छ । साउदीको अजमल सप्लयार्स कम्पनीमा इन्नोभेटिभ फुड कम्पनी सिफामा कार्यरत २८ वर्षे ओलीको सामान किनमेल गरेर फर्कने क्रममा अक्टोबर ४ का दिन सवारीले ठक्कर दिदा घटनास्थलमै मृत्यु भएको साउदीबाट विपुल ढुंगानाले बताएका छन् ।
साउदीमै सवारी दुर्घटनामा परेर पाँचथरका २७ वर्षीय टिकाराम लम्गादेको पनि मृत्यु भएको छ । पाँचथर मिक्लाजुङ गाउँपालिका वडा नं २ का २७ वर्षीय लम्गादेको २३ सेप्टेम्बरका दिन शनिबार समान किन्न गएको बेला मोटरसाइकलको ठक्करबाट ज्यान गएको हो ।
उनको शब नेपाल ल्याउन सम्बन्धीत निकायसमक्ष अनुरोध गरिएको छ । दुईवर्ष अघि साउदी पुगेका उनको घरमा दुई श्रीमती र तीन छोरी रहेको बताइएको छ ।
युएईको अमलक्विनमा रोल्पाका जीवन केसी मृत भेटिएका छन् । रोल्पाको सुकीदहका केसी २९ सेप्टेम्बरका दिन कम्पनीको ग्यारेजमा रहेको क्रेनमा झुण्डिएको अवस्थामा फेला परेको उनका भाइ सर्जन केसीले जानकारी दिएको युएइबाट पत्रकार उमाकान्त पाण्डेले बताएका छन् ।
श्रीमतीसँग फोनमा कुरा गरिरहेका उनको फोनबाटै झगडा भएपछि आवेशमा आएर केसीले आत्महत्या गरेको भाइ सर्जन र छिमेकी कृष्ण डाँगीले बताएका छन् । कामबाट फर्केपछि श्रीमतीसँग फोनमा झगडा भएको भन्दै केसीले कृष्णलाई फोन गरेको पनि बताइएको छ ।
‘उनीहरुकै लागि विदेश आए, उ चाँहि सधै अनावस्यक झगडा गर्ने म त बाँच्दीन । यो तिम्रो मेरो अन्तिम बोलचाल हो साथी, अर्को जुनीमा भेटौला आत्महत्या गर्दैछु भनेर फोन राखे’ कृष्णले भने ।
कृष्णले केही भन्न नपाइ फोन राखेका उनले । कृष्णले त्यतिबेलै रसअलखेमामा कामगर्ने जीवनका साइला भाइ सर्जनलाई फोन गरेर बताएका थिए । कृष्णको कुरा सुनेर दाइलाई फोन गरेका सर्जनले दाइको फोन स्विचअफ भएको बताएका थिए ।
जीवनका दुई छोरी र एक छोरा छन् । युएइ गएपछि जीवनले परिवारलाई दाङमा कोठा खोजेर राखिदिएका थिए । दुईवर्ष अघि घरबिदामा आएका केसीले ऋणधन गरेर जग्गा किनेका थिए । त्यहि जग्गाको पैसा तिर्न नसकेको भन्दै श्रीमतीले फोनमै झगडा गरिरहने गरेको उनका साथी कृष्णले बताएका छन् ।
वि.सं.२०७४ मंसिर १७ आइतवार ०५:५८ मा प्रकाशित