back

कुवेत नेपाली एकता समाजको वनभोज तथा भेला सम्पन्न

वि.सं.२०७४ मंसिर १७ आइतवार

606 

shares
IME Limited
NTC AD

banbhojकुवेत नेपाली एकता समाज केन्द्रीय समितिको आयोजनामा वनभोज तथा कार्यकर्ता भेला भव्यताका साथ सम्पन्न गरेको छ ।

उक्त कार्यक्रम समाजका केन्द्रीय अध्यक्ष निम बुढा मगरको सभापतित्व तथा महासचिव खुम रायामाझीको सञ्चालनमा शुरु भएको कार्यक्रममा उपाध्यक्ष जनक भुसालले उपस्थित सम्पुर्णलाई स्वागत गर्नु भएको थियो । कोषाध्यक्ष आशा शेरवुजा मगर, सल्लाहकार अनिल रसाइली तथा अतिथि माधव पौडेलले कार्यक्रम सफलताको लागि शुभकामना मन्तव्य राख्नु भएको थियो ।

bnbhoj2
कार्यक्रममा हाजिरी जवाफ प्रतियोगिता, म्युजिक चियरको पनि आयोजना गरिएको थियो भने रक्तिम सांस्कृतिक परिवार कुवेतले दिनु भएका प्रस्तुतिहरुले कार्यक्रमलाई अति उत्साहजनक र रोमाञ्चक बनाएको थियो ।

banbhoj2
आजै बसेको कार्यकर्ता भेलाले आउँदो मजदुर दिवस ४ मई २०१८ का दिन नेपालबाट आउने अतिथि कलाकार र स्थानिय रक्तिम कलाकारको साथमा भव्यरुपमा आयोजना गर्ने निर्णय गरेको छ । सो कार्यक्रमको स्थान समय अनलाइन समाचारहरुमार्फत छिट्टै नै जानाकारी गराउने कुरा समाजका केन्द्रिय महासचिव खुम रायामाझीले बताउनु भयो ।

वि.सं.२०७४ मंसिर १७ आइतवार ११:३३ मा प्रकाशित

अमेरिकामा नेपाली परिवारका चारजना मृत भेटिए

अमेरिकामा नेपाली परिवारका चारजना मृत भेटिए

अमेरिका । अमेरिकाको भर्जिनिया राज्यस्थित मनासस पार्क शहरमा एक नेपाली...

नेपाली जनप्रगतिशील मञ्च बेल्जियमको अध्यक्षमा मनिष गुरुङ

नेपाली जनप्रगतिशील मञ्च बेल्जियमको अध्यक्षमा मनिष गुरुङ

इन्दिरा चाम्लिङ, बेल्जियम । नेपाली जनप्रगतिशील मञ्चको अध्यक्षमा मनिष गुरुङ...

‘अफगानिस्तानको आगो’ लोकार्पण

‘अफगानिस्तानको आगो’ लोकार्पण

पोर्चुगल । अनेसास पोर्चुगलको आयोजनामा रामप्रसाद पन्त (आरपी) द्वारा लिखित...

क्यानडामा ’जातीय विभेदमुक्त विश्वका लागि विश्व सम्मेलन’ सम्पन्न

क्यानडामा ’जातीय विभेदमुक्त विश्वका लागि विश्व सम्मेलन’ सम्पन्न

टोरन्टो । ’जातीय विभेद मुक्त विश्वका लागि विश्व सम्मेलन २०२५’...