back

दुर्गम आठविसकोटमा पहिलो पटक इन्टरनेट पुग्यो

वि.सं.२०७४ मंसिर १८ सोमवार

366 

shares
IME Limited
NTC AD

१८ मंसिर, रुकुम । जिल्लाको सबैभन्दा दुर्गम नगरपालिकामा आठविसकोटमा पहिलो पटक इन्टरनेट जडान भएको छ ।

रुकुम(पश्चिम)को यो नगरपालिकाले पहिलो पटक आफ्नै पहलमा इन्टरनेट जडान गरेको हो । नगरपालिकाको रु एक लाख भन्दाबढीको लगानीमा पहिलो पटक नगरपालिकाको कार्यालय तथा वडा नं ९ र १० को कार्यालयमा इन्टरनेट जडान गरिएको हो ।

एभरेष्ट वायरलेस नेटवर्क प्राइभेट लिमिटेड जाजरकोटले नगरपालिकाको कार्यालयसहित २ वडाको कार्यालयमा इन्टरनेट जडान गरिदिएको नगरप्रमुख गोरखबहादुर केसीले जानकारी दिनुभयो ।

जिल्लाका अन्य स्थानीय तहको तुलनामा विकट मानिएको आठविसकोटमा इन्टरनेट जडान गरिएपछि कामकाजमा सहजता आएको प्रमुख केसीको भनाइ छ ।

नगरपालिकाले विद्यालय क्षेत्र सुधार कार्यक्रमअन्तर्गत नगरपालिकाभित्रका विद्यालयमा सिसी क्यामेरा र डिजिटल हाजिरीको व्यवस्था गर्न लागेकाले त्यसका लागि इन्टरनेट आवश्यक भएको हो ।

वि.सं.२०७४ मंसिर १८ सोमवार ०२:५१ मा प्रकाशित

आज थप चार प्रदेशमा फैलियो मनसुन

आज थप चार प्रदेशमा फैलियो मनसुन

काठमाडौं । नेपालमा १५ दिन अगावै भित्रिएर रोकिएको मनसुन आज...

आयोगद्वारा अध्यक्षसहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

आयोगद्वारा अध्यक्षसहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको चक्रघट्टा गाउँपालिकामा सौर्यबत्ती...

बढ्दो तापक्रमले ल्याउने जोखिमबारे गम्भीर हुन आग्रह

बढ्दो तापक्रमले ल्याउने जोखिमबारे गम्भीर हुन आग्रह

काठमाडौं । विज्ञहरूले बढ्दो तापक्रमले ल्याउन थालेका विपत्तिबाट हुने जन...

चट्याङ लागेर बालकको मृत्यु

चट्याङ लागेर बालकको मृत्यु

बागमती । वर्षासँगै आज चट्याङ लागेर मकवानपुरमा एक बालकको मृत्यु...

कैलालीका १८ स्थानमा जलमापन केन्द्र स्थापना

कैलालीका १८ स्थानमा जलमापन केन्द्र स्थापना

गोदावरी (कैलाली) । कैलालीमा १८ स्थानमा जलमापन केन्द्र र २२...

कौरा संरक्षण गर्न प्रतियोगिता

कौरा संरक्षण गर्न प्रतियोगिता

दमौली (तनहुँ) । जिल्लाको भिमाद नगरपालिका–१ बडहर भञ्ज्याङमा कौरा संरक्षणका...