
जसरी तिमी
खाडीको मरभूमिमा
भौतारिन्छौ,
कामको खोजीमा एक्लै हिड्छौं
त्यसरी यहाँ तिम्रो देशमा
तिम्रै माटोमा
अन्य देशका नागरिक
हिडेको देख्छु
उनीहरु,
यहि सुन फूलेको देख्छन्
यहि हिरामोती झुलेको देख्छन्
सीमानामा रहेर
परिवारसँगै राखेर
सुनौलो भविष्य देख्छन्
हाम्रै हिमाली देशमा
ठमेलको बजार हेर
चाइनाले ढाकिसक्यो
न्युरोड र असन हेर
भारतले छोपिसक्यो
तिम्रो देशको राजधानी
तिम्रो देशको मुटुमा
कसैले आफ्नो बास बसाइसक्यो
अव उसले पनि भन्न थाल्यो
‘नेपाल मेरो पनि तिम्रो पनि’
तिमीले दिएको रगतले
तिमीले बगाएको पसिनाले
नत त्यहाँ तिम्रो बास बस्न सक्छ !
खन्यौ खोस्य्रौ मरभूमि
झिलीमिली बनायौं
पसिना बग्न छोड्यो
रगत सुक्न थाल्यो
अब, मरभूमिले
तिम्रो आस गर्न छाड्यो
त्यतिबेला तिमीलाई,
जन्मभूमिको याद आउँछ
आमाको काखको सम्झनाले सताउँछ
मनैभरी देश छोड्नुको
पीडा सिवाय
अरु केहि हुँदैन्
फर्क अब बाँझोबारी खोस्र
सुन्तलाका बोटमा मल हाल
अलैची लगाउँ, अदुवा लगाउ
नयाँ सम्भावना पहिल्याउँ
कृषि कर्ममा जोड देउ
जे छ त्यहि सम्भावना यहि देशमा खोज
जे छ काम त्यसमै मन लगाउँ
छाडिदेउ लाज घिन अब
हेर देश पछि परिसक्यो ।
तिम्रो मेरो देश पछि परिसक्यो ।
वि.सं.२०७४ मंसिर १९ मंगलवार ०२:१४ मा प्रकाशित