back
CTIZAN AD

जसरी तिमी

वि.सं.२०७४ मंसिर १९ मंगलवार

999 

shares

chanda

जसरी तिमी
खाडीको मरभूमिमा
भौतारिन्छौ,
कामको खोजीमा एक्लै हिड्छौं

त्यसरी यहाँ तिम्रो देशमा
तिम्रै माटोमा
अन्य देशका नागरिक
हिडेको देख्छु

उनीहरु,
यहि सुन फूलेको देख्छन्
यहि हिरामोती झुलेको देख्छन्
सीमानामा रहेर
परिवारसँगै राखेर
सुनौलो भविष्य देख्छन्
हाम्रै हिमाली देशमा

ठमेलको बजार हेर
चाइनाले ढाकिसक्यो
न्युरोड र असन हेर
भारतले छोपिसक्यो

तिम्रो देशको राजधानी
तिम्रो देशको मुटुमा
कसैले आफ्नो बास बसाइसक्यो
अव उसले पनि भन्न थाल्यो
‘नेपाल मेरो पनि तिम्रो पनि’

तिमीले दिएको रगतले
तिमीले बगाएको पसिनाले
नत त्यहाँ तिम्रो बास बस्न सक्छ !
खन्यौ खोस्य्रौ मरभूमि
झिलीमिली बनायौं

पसिना बग्न छोड्यो
रगत सुक्न थाल्यो
अब, मरभूमिले
तिम्रो आस गर्न छाड्यो

त्यतिबेला तिमीलाई,
जन्मभूमिको याद आउँछ
आमाको काखको सम्झनाले सताउँछ
मनैभरी देश छोड्नुको
पीडा सिवाय
अरु केहि हुँदैन्

फर्क अब बाँझोबारी खोस्र
सुन्तलाका बोटमा मल हाल
अलैची लगाउँ, अदुवा लगाउ
नयाँ सम्भावना पहिल्याउँ
कृषि कर्ममा जोड देउ

जे छ त्यहि सम्भावना यहि देशमा खोज
जे छ काम त्यसमै मन लगाउँ
छाडिदेउ लाज घिन अब
हेर देश पछि परिसक्यो ।
तिम्रो मेरो देश पछि परिसक्यो ।

वि.सं.२०७४ मंसिर १९ मंगलवार ०२:१४ मा प्रकाशित

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...

कविता : हे भानु आऊ अब

कविता : हे भानु आऊ अब

विदुर अधिकारी,रामपुर, चितवन जन्म्यौ भानु असार मास दिनको, उन्तीस जाँदा...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...