back
CTIZAN AD

नेपाली सामुदायिक भवनको लागि योन्जनद्धारा एक लाख डलर सहयोग

वि.सं.२०७४ पुस ६ बिहीवार

1K 

shares

Chandra2६ पुस, काठमाडौं । विश्वको जुनसुकै कुनामा गए पनि नेपालीले आफ्नो कला, संस्कृति, रीति, रिवाजलाई विर्सन सक्दैनन र यस्लाई आफ्नो पुस्तामा मात्रै कसरी कायम राख्ने भन्ने मात्रै नभएर भावी पुस्तामा समेत यस्लाई कसरी निरन्तरता दिने भन्ने चिन्ता र दायित्व पनि छ यही पुस्तामा । तीब्र गतिमा परिबर्तित र खुला विश्व परिवेशका कारण आफ्नै देशमा कतिपय हाम्रा कला, संस्कृति, रीति, रिवाज आदि लोपोन्मुख अवस्थामा छ भने विदेशमा यस्ता कुराहरुलाई कायम राख्दै भावी पुस्तामा निरन्तरता दिने कार्य आँफैमा ठूलो चुनौति हो र पनि सांस्कृतिक बिबिधताका दृष्‍टिकोणले विश्वमा नै धनी देशको सूचिमा पर्ने हाम्रो सांस्कृतिक वैभबका आधारभूत कुराहरुलाई जे जस्तो किसिमबाट भने स्थापित गर्न सकियो भने यो अनेकतामा एकता, सामाजिक सदभाव, नेपाल प्रबर्द्धन, सांस्कृतिक निरन्तरता, प्रबर्द्धन र संरक्षण आदि उद्धेश्ये प्राप्ती कार्यमा सहायकसिद्ध हुनेछ ।

यही उद्ेश्य प्राप्ति कार्यमा केन्द्रित भएर अष्ट्रेलियाको भिक्टोरिया राज्यमा बसोबास गर्ने नेपालीहरुको साझा घरको रुपमा नेपाली सामुदायिक केन्द्र निर्माण उद्धेश्यका लागि पशुपतिनाथ मन्दिर र बौद्ध स्तुपा सहितको बहुसाँस्कृतिक केन्द्र बनाउने कार्यको लागि आवश्यक पर्ने कोष संकलन अभियानको लागि गत १८ तारिखबाट शुरु भएको वाचन प्रबिण पण्डित दिनबन्धु पोखरेलद्धारा वाचन भैराखेको सप्ताहब्यापी महापुराणको तेश्रो दिन करीब चार सयको सहभागिता थियो । सप्ताहको तेश्रो दिन ४५ परिवार र एक जनाले आजीवन सदस्यता लिनु भयो जसबाट ६८,५०० डलरको प्रतिबद्धता जाहेर भयो भने सबै किसिमको चन्दा समेत गरी १,३२,७०४ डलरको प्रतिबद्धता जाहेर भयो । हिजोको उल्लेख्य योगदानमा भिक्टोरियाका लागि अवैतनिक नेपाली महावाणिज्यदूत चन्द्र योञ्जन र लक्ष्मी बाट १,००,००० , सुरेन्द्र सेढाई बाट १०,००१ र खेम काडेलबाट ५,००१ डलरको प्रतिबद्धता हुन । यसअघि योन्जनले प्रतिबद्धता गर्नु भएको ५० हजार डलरलाई बढाएर एक लाख डलर सहयोग गर्ने घोषणा गर्नुभएको हो । सामूदायिक केन्द्र बनाउनका लागि मेलबर्नमा आयोजना गरिएको सप्ताहको तेश्रो दिन उहाँले यस्तो घोषणा गर्नुभएको हो ।

करीब ३३,००० नेपाली बसोबास गर्ने भिक्टोरियामा निर्माण गरिने नेपालीहरुको साझा घर निर्माणार्थ यो कार्यक्रमबाट डेढ मिलियन उठाउने लक्ष छ । यस अघि सबैभन्दा बढी रकम कार्यक्रमको दोश्रो दिन डा चन्द्र दीपक पोखरेल र श्रीमती निर्मला पोखरेलले २६,५०० डलरको प्रतिबद्धता जाहेर थियो । डा पोखरेल यही उदेश्य प्राप्तीका लागि स्थापित संस्था अस्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेन्टर संस्थाका अध्यक्ष पनि हुन ।

कलश यात्रा र बाजागाजा सहित शुरु भएको र दिनभरीमा करीब हजार जनाको सहभागिता रहेको पहिलो दिन ७८,९२२स दोश्रो दिन ६७,०६५ र तेश्रो दिन १,३२,७०४ गरी हालसम्म २,७८,६९१ डलरको प्रतिबद्धता जाहेर भैसकेको छ । उक्त महान र चुनौतिपूर्ण उदेश्य प्राप्तीका खातिर प्रतिबद्धता जाहेर गर्ने क्रम जारी छ ।

वि.सं.२०७४ पुस ६ बिहीवार ०६:१७ मा प्रकाशित

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...