back
CTIZAN AD

खै कसरी सुनाऊ म !

वि.सं.२०७४ पुस १० सोमवार

1.1K 

shares

mahesh-bhattarai

कामपछि थकानले ग्रस्त भै

भोकै सुतेको कथा
चिसोले कठ्याडग्रियर
घन्टौ बस कुरेको कथा
टनटलापुर घाममा लुतरूक्क
पसिनाले भिज्दै बाटो हिडेको कथा
खुट्टाहरू ढलपलाएर,
बाटो मै थचक्क बसेको कथा

खै कसरी सुनाऊ म !
एक डलर जोगाउन
दुई माइल लुरूलुरू हिडेको कथा
दुई डलरले हिसाब नमिली
आफ्नै साथीसंग छुट्टिनु परेको कथा
टाढाको स्टोरबाट दुई हातभरी गह्रुंगो
रासन बोकेको हातको निलडामको कथा
ब्राडको कपडा हेरि सेलमा गै
सस्तो लुगा किनेको रित्तो गोजीको कथा

खै कसरी सुनाऊ म !
जति पढे पनि घुस्दै नघुस्ने
यो दिमागी तनाबको कथा
जागिरमा ह्यापिएर दलाइएका
ति मजबुरीका कथा
आफ्नै आफन्त र साथीभाई
भन्नेहरूले धोका दिएका कथा
रातभरि बाबुआमा र घर संझी
सिरानी भिजाएको कथा !

खै कसरी सुनाऊ म !
नसोध भन्नै सक्दिन प्रिय,
ति अतितका कथा
मुटु भक्कानिन्छन ,
छाती भतभती पोल्छन
आखाहरू रसाउछन,
धडकनहरू बढ्न थाल्छन

खै कसरी सुनाऊ म !

काम पछि थकानले ग्रस्त भै
भोकै सुतेको कथा
चिसोले कठ्याडग्रियर
घन्टौ बस कुरेको कथा
टनटलापुर घाममा लुतरूक्क
पसिनाले भिज्दै बाटो हिडेको कथा
खुट्टाहरू ढलपलाएर,
बाटो मै थचक्क बसेको कथा

खै कसरी सुनाऊ म !
एक डलर जोगाउन
दुई माइल लुरूलुरू हिडेको कथा
दुई डलरले हिसाब नमिली
आफ्नै साथीसंग छुट्टिनु परेको कथा
टाढाको स्टोरबाट दुई हातभरी गह्रुंगो
रासन बोकेको हातको निलडामको कथा
ब्राडको कपडा हेरि सेलमा गै
सस्तो लुगा किनेको रित्तो गोजीको कथा

खै कसरी सुनाऊ म !
जति पढे पनि घुस्दै नघुस्ने
यो दिमागी तनाबको कथा
जागिरमा ह्यापिएर दलाइएका
ति मजबुरीका कथा
आफ्नै आफन्त र साथीभाई
भन्नेहरूले धोका दिएका कथा
रातभरि बाबुआमा र घर संझी
सिरानी भिजाएको कथा !

खै कसरी सुनाऊ म !
नसोध भन्नै सक्दिन प्रिय,
ति अतितका कथा
मुटु भक्कानिन्छन ,
छाती भतभती पोल्छन
आखाहरू रसाउछन,
धडकनहरू बढ्न थाल्छन
भयो नकोट्याऊ प्रिय
पुरिएका घाऊहरूको कथा !

खै कसरी सुनाऊ म, ति अतितका व्यथा !

भयो नकोट्याऊ प्रिय
पुरिएका घाऊहरूको कथा !

खै कसरी सुनाऊ म, ति अतितका व्यथा !

वि.सं.२०७४ पुस १० सोमवार ०४:१९ मा प्रकाशित

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...

कविता : हे भानु आऊ अब

कविता : हे भानु आऊ अब

विदुर अधिकारी,रामपुर, चितवन जन्म्यौ भानु असार मास दिनको, उन्तीस जाँदा...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...