कामपछि थकानले ग्रस्त भै
भोकै सुतेको कथा
चिसोले कठ्याडग्रियर
घन्टौ बस कुरेको कथा
टनटलापुर घाममा लुतरूक्क
पसिनाले भिज्दै बाटो हिडेको कथा
खुट्टाहरू ढलपलाएर,
बाटो मै थचक्क बसेको कथा
खै कसरी सुनाऊ म !
एक डलर जोगाउन
दुई माइल लुरूलुरू हिडेको कथा
दुई डलरले हिसाब नमिली
आफ्नै साथीसंग छुट्टिनु परेको कथा
टाढाको स्टोरबाट दुई हातभरी गह्रुंगो
रासन बोकेको हातको निलडामको कथा
ब्राडको कपडा हेरि सेलमा गै
सस्तो लुगा किनेको रित्तो गोजीको कथा
खै कसरी सुनाऊ म !
जति पढे पनि घुस्दै नघुस्ने
यो दिमागी तनाबको कथा
जागिरमा ह्यापिएर दलाइएका
ति मजबुरीका कथा
आफ्नै आफन्त र साथीभाई
भन्नेहरूले धोका दिएका कथा
रातभरि बाबुआमा र घर संझी
सिरानी भिजाएको कथा !
खै कसरी सुनाऊ म !
नसोध भन्नै सक्दिन प्रिय,
ति अतितका कथा
मुटु भक्कानिन्छन ,
छाती भतभती पोल्छन
आखाहरू रसाउछन,
धडकनहरू बढ्न थाल्छन
खै कसरी सुनाऊ म !
काम पछि थकानले ग्रस्त भै
भोकै सुतेको कथा
चिसोले कठ्याडग्रियर
घन्टौ बस कुरेको कथा
टनटलापुर घाममा लुतरूक्क
पसिनाले भिज्दै बाटो हिडेको कथा
खुट्टाहरू ढलपलाएर,
बाटो मै थचक्क बसेको कथा
खै कसरी सुनाऊ म !
एक डलर जोगाउन
दुई माइल लुरूलुरू हिडेको कथा
दुई डलरले हिसाब नमिली
आफ्नै साथीसंग छुट्टिनु परेको कथा
टाढाको स्टोरबाट दुई हातभरी गह्रुंगो
रासन बोकेको हातको निलडामको कथा
ब्राडको कपडा हेरि सेलमा गै
सस्तो लुगा किनेको रित्तो गोजीको कथा
खै कसरी सुनाऊ म !
जति पढे पनि घुस्दै नघुस्ने
यो दिमागी तनाबको कथा
जागिरमा ह्यापिएर दलाइएका
ति मजबुरीका कथा
आफ्नै आफन्त र साथीभाई
भन्नेहरूले धोका दिएका कथा
रातभरि बाबुआमा र घर संझी
सिरानी भिजाएको कथा !
खै कसरी सुनाऊ म !
नसोध भन्नै सक्दिन प्रिय,
ति अतितका कथा
मुटु भक्कानिन्छन ,
छाती भतभती पोल्छन
आखाहरू रसाउछन,
धडकनहरू बढ्न थाल्छन
भयो नकोट्याऊ प्रिय
पुरिएका घाऊहरूको कथा !
खै कसरी सुनाऊ म, ति अतितका व्यथा !
भयो नकोट्याऊ प्रिय
पुरिएका घाऊहरूको कथा !
खै कसरी सुनाऊ म, ति अतितका व्यथा !