back
CTIZAN AD

गाउँपालिकाको केन्द्र विवाद कायमै

वि.सं.२०७४ पुस ११ मंगलवार

585 

shares

११ पुस, डोटी । गाउँपालिकाको कार्यालय तोकिएको ठाउँबाट अन्यत्र सार्ने निर्णय गरिएको भन्दै सायल गाउँपालिकावासीले विरोधका कार्यक्रम कायमै राखेका छन् ।

यसअघि जिल्लामा बसेको पुनरसंरचनासम्बन्धी सर्वदलीय बैठकले गाउँपालिकाको केन्द्र देवरमाडौँ तोके पनि गाउँपालिकाका पदाधिकारीले निर्णय उल्ट्याएकाले स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएको नेकपा (माओवादी केन्द्र)का नेता तेज डुम्रेलले बताउनुभयो ।

सर्वदलीय बैठकले सिफारिस गरेकै ठाउँ सबैलाई पायक पर्ने भएकाले गाउँपालिकाको निर्णय बदर गर्नुपर्ने माग राख्दै स्थानीयवासीले गाउँपालिका–६ मेल्लेकमा पर्ने ग्रामीण सडक शुक्रबारदेखि बन्द गरेका छन् ।

यसअघि जिल्लास्तरीय सर्वदलीय बैठकले गाँउपालिकाको केन्द्र वडा नं ५ देवरमाडाँै तोकेको थियो तर गाउँपालिकाले सर्वदलीय बैठकको निर्णय उल्ट्याउँदै यही पुस ७ गते गाउँपालिकाका पदाधिकारीको बैठक राखेर सो केन्द्र वडा नंं ५ कै दुधुलेगडा भन्ने ठाउँमा तोक्ने निर्णय गरेपछि सो ठाउँका बासिन्दा आन्दोलित बनेका हुन् ।

गाउँपालिका अध्यक्ष डुम्रेलले गाउँपालिकाको कार्यालय राख्ने विषयमा दुई पक्षबीच विवाद भई सबैले आआफ्नो पायक पर्ने ठाउँमा कार्यालय राख्न दबाब दिइरहेकाले समस्या उत्पन्न भएको बताउनुभयो ।

वि.सं.२०७४ पुस ११ मंगलवार ०२:३९ मा प्रकाशित

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

बन्दीपुर । गाउँ पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय...

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले...

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...