back
CTIZAN AD

फेसबुक लाइभ किरिया गरिरहेछ

वि.सं.२०७४ पुस २४ सोमवार

1.2K 

shares

कसैले बनाइदिएको लक्षमा
अर्कैले खनेको बाटोमा
कहाँ शुरू गर्यो थाहा छैन
जाने कहाँसम्म हो पत्तोसम्म छैन
उ यतिकै हिडिरहेकै छ
अभिमान बोकेर पाइतालाभरि
घमण्ड रसाएर जिब्रोभरि
उ अहङ्कारसरिको यात्रा हिँडिरहेछ

ऐनाभित्र बाघ देखिएर बिरालो
उसलाई साहास पढाउँछ
बालीमा साँडे देखिएर भुत
उसलाई पुराण सम्झाउँछ
मधौरूमा बोक्सी देखिएर मानसिकता
उसलाई चिकित्सा सिकाउँछ
मित्रतामा नजिक देखिएर कलङ्क
उसलाई व्यवहार पढाउँछ
मुर्तिहरूमा भगवान देखिएर ढुङ्गो
उसलाई आध्यात्मिकता सिकाउँछ
नसानसामा बगेर रक्सी
उसलाई अमृत जगाउँछ
यसरी यात्राभरि उसलाई
अनेकअनेक दाँधे लगाएर स्वार्थका
अनुभवहरूको पुस्तक पारिँदासम्म
उ निरन्तर हिँडिरहेछ

उसले यात्राभरिका दृश्य खाएर
अनगिन्ति भोकहरू अघाएको छ
पिडैपिडाको विद्यालय हिँडेर
जीवनका रङ्गहरू बुजेको छ
अनुभवका पुस्तकहरू बाँचेर
स्वयम चेतनाको उ विद्यालय बनेको छ
व्यबहारमा नर्क खाएर दिनदिनै
अनुभूतिमा स्वर्ग बाँचेको छ
ईश्र्याका ज्वालामुखीमा पिसोल्टिएर
उसले त्याग्न सिकेको छ अहंता
घमण्डका अस्त्रहरूसँगै विश्फोट भएर
उसले अनुभव गरेको छ विध्वांश
काकाकुल मौसममा सुकेर
उसले बाटामै बसन्त चिनेको छ
यात्रामै रित्तिएर जीवनदेखि
उ निरन्तर हिँडिरहेछ

बाटाभरि भेटिएका
धर्म थापिएका चौताराहरूमा
उ बिसाएर जिमेदारी
आराम गर्न सक्तैन
उ खोलो
कुलो भएर बग्छ
उ रूख
पात भएर बडारिन्छ
उ चेतना
आवधारणा भएर खुम्चिन्छ
डरको बुकुवा दलेर छातिभरि
उ हिम्मत बटुलेर हिँड्छ
निधारभरिको स्वाभिमान लिएर
उ बिलाउँदै बिलाउँदै हिँड्छ

बाटाभरि भेटिएर
उ हराउँदै हराउँदै हिडिरह्यो
पाएको त खायोहोला साहेद
तथापि भोकभोकै हिँड्दै आयो
अन्गिन्ति खोला तरेर जिन्दगी
तिर्खाको मरूभूमिमा मिल्नलाई
उ निरन्तर हिँडिरहेछ

सम्झनादेखि अविष्मरणसम्म बसेर
विगतले यात्राभरि जिस्क्याइरह्यो
कुटिरहे अन्तष्करणका आधुनिक चेतनाहरूले
घिसारिरहे आदिम आस्थाका कुप्रथाहरूले
अन्धविश्वासमा बोक्सी स्थापित विचार लिएर
सम्भावनाको धुमिल यात्राभरि
झाँक्री बाँच्ने चेतनाले
सुकेको रूखको हाँगामा बसेर बाटाभरि
उसले मंगल ग्रहको यात्रा कल्पना गरिरह्यो

वैदिकताको कुण्डमा
आधुनिक दालमोर ६२ अर्घ दिएर
पण्डितजीले ब्रामणत्व समर्पण गर्दैगर्दा
उसको अविष्मरणमा बुढी आमा
परम्पराको कुच्चो हान्दै छन्
जहाँबाट उसको यात्राले
गन्तव्यसम्म जाने लक्ष पाए थ्यो
दुविधा लिएर त्यहीँसम्म
उ समय हिँडेर विगत फर्कियो
जिजुबाजेको आयुसम्म पुगेपछि
उ एक्कासि समाहित भयो
उसले बाँचेको आधुनिकता पनि लिन भयो

पुख्र्यौली संस्कारको डोकोले बिरालो छोपेर
अस्तित्वको लास लडाएर भित्ताभित्तामा
फेसबुक लाइभ किरिया गरिरहेछ
परिवर्तनको खास्टो ओढेर प्रविधि
भिडियोमा बासी श्राद्ध पढिरहेछ
दिगज भएर युवापुस्ता
पित्री मोक्ष खातिर
म्याकडोनाल्डबाटै बर्गरको पिण्ड चढाइरहेछ
यही संगतको मुसाफिर यात्री उ
बाँच्तै मर्यो यात्राभरि
मर्दै मर्दै बाँचिरहेछ यात्राभरि

मतुवाको भविष्य बाँणीमा परेको
विश्वयात्राको लिला कथ्यारम्भमा
आख्यानकारले दिएको भूमिका
हिँड्दा हिँड्दा लखतरान भएपछि
जीवनको राजमार्गबाट
गन्त्वयसम्मको लक्ष बोकेको
अबिराम यात्रा हराएरपछि
जब स्वयम भेटियो रित्तो रित्तो
राजमार्गको खोजिमा भौतारिएको यात्री
विस्तारै ओरालो हिँडेर चेतनाले
उ भट्टी पस्यो र भन्यो
ए भट्टीवाल्नी कान्छी !,
‘एक बोतल जीवनजल दिनु न ?’

इति

वि.सं.२०७४ पुस २४ सोमवार ०३:४३ मा प्रकाशित

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...

कविता : हे भानु आऊ अब

कविता : हे भानु आऊ अब

विदुर अधिकारी,रामपुर, चितवन जन्म्यौ भानु असार मास दिनको, उन्तीस जाँदा...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...