back
CTIZAN AD

वर्जित फल

वि.सं.२०७४ पुस २५ मंगलवार

1.4K 

shares

आफ्नै हत्केलाको
किरिङ-मिरिङ रेखा जस्तो
उसको जिन्दगीको बाटो

नभमा फैलिएको बादलको जहाज
बन्दै विसर्जन हुँदै गरेजस्तो
कोर्दै मेट्दै गर्छ उ
सिकारु चित्रकारले चित्र कोरे जस्तै
आफ्नो भाग्य रेखा ।

थमाइदिएको छ
पूर्वजको विरासत उसको हातमा
एउटा हँसिया, बन आवाद गर्नलाई
एउटा हतौडा, बस्ने घर बनाउनलाई
अनि रातो रगत, जीवनचक्र संचार गर्नलाई ।

हुत्याइदिएकोछ उसलाई
नियतिको स्पेसक्राफ्ट बाट पृथ्वी नामको स्वर्गमा
जहाँ निरन्तर चलिरहन्छ
देव र दानव बीच अस्तित्व युद्ध
जहाँ घरि दानवहरु देव बनाइन्छन्
घरि देवहरु दानव ।

एउटा ‘वर्जित-फल’ राखिएकोछ यहाँ
खै कसले, देवताले हो कि दानवले !
त्यही वर्जित–फल भित्र
लुकाइएको छ मेरो अस्तित्व र पहिचान
सुनै–सुनको जाली रुमालले बेरेर
अनि लगाइएको छ हिराको ट्याग
‘वर्जित–फल’ लेखेर ।

यही पृथ्वीको अर्को किनारमा
ठिङ्ग उभिएकोछ बोनसाई कल्प–वृक्ष
जसले पुरा गरिदिन्छ बलियाहरुको मनोकामना
अनि मूक भइदिन्छ निर्बलहरुको प्रश्नमा ।

त्यसैले अचेल देवासूर सबै
कल्प-वृक्षको उपासक भएकाछन्
र त्यस डिजिटल कल्पवृक्षलाई
अलि मा….थि बाट बसेर
चलाइरहेछ रिमोटले एउटा कालो आकृति

जसले वर्जित–फलमाथि
अनि डिजिटल कल्प-वृक्षमाथि
केवल उसको ‘भिटो’ भएको दाबी गर्छ ।।

वि.सं.२०७४ पुस २५ मंगलवार ०२:१८ मा प्रकाशित

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...

कविता : हे भानु आऊ अब

कविता : हे भानु आऊ अब

विदुर अधिकारी,रामपुर, चितवन जन्म्यौ भानु असार मास दिनको, उन्तीस जाँदा...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...