back

प्रश्नहरू अणुबम

वि.सं.२०७४ पुस २६ बुधवार

369 

shares
NTC AD
Global IME AD


मेरो दिमागमा दिनहुँजसो
प्रश्नहरूको जालो बेरिँदै बेरिँदै
अणुबम बन्ने प्रकृयामा छ
र यो विष्फोट भएको बेला
सबभन्दा ठूलो क्षति
मेरो शासकलाई हुनेछ

विद्यालय पोषाकमा मेरी बहिनीलाई देखेपछि
मेरी आमा झस्किँदै भन्नु हुन्छ
“लामो जामा काटेर
छोटो मिनिस्कट बनाउने कैँची
कहाँबाट आयो ?”
बिहान बिहानै टुप्पी शिखा पारेर
शुद्ध जल आचमन गर्ने बेलमा
पण्डित बाजेको आचमनीले
हिजोआज किन रेड्लेभल उघाउँछ ?
मैले आफ्नो गाँस कटेर
हुर्काएको मेरो घरको पङ्ग्रे कुकुर
हिजोआज किन
मैले “चोए” भन्दा नजिक आउँदैन ?
“आच्चे” भन्द पर भाग्दैन ?

प्रदुषित पश्चिमी हावा
एउटा सानो बेलुनमा भरेर
मेरो स्वच्छ आँगनमा ल्यायो
र सिन्काले घोचेर फुटाइदियो
त्यसैदिनदेखि मेरो च्याब्रुङमा प्वाल परेको छ
मेरो मादलको खरी झरेको छ
मेरो पालाम र हाक्पारेको मूलखाँबोमा
धमिरा लागेको छ
मेरो बालन र मालसिरीको निदाल मक्काएको छ
धान नाच्चनेहरुका
खुट्टा लर्बरिन थालेका छन्
लोक गायकहरूको
स्वर सुक्न थालेको छ

सबभन्दा पहिला
मेरो आँगनमा त्यो बेलुन कस्ले ल्यायो ?

मैले हरेक दिन चढ्ने गाडीमा
कम्पनीको नाम किन मेरो देशको छैन ?
मैले प्रत्येक छाक भात पकाउने भाँडो
तिउन पकाउने कराई र खाने थाल
कुन देशमा बन्छ ?
मैले दैनिक लगाएर हिँड्ने कपडामा
किन अर्कै देशको स्टिकर टाँसिएको छ ?
किन अर्कै देशको जुत्ता चप्पल
मेरो देशको माटो र मेरा पैतालाबीच सिमाना बन्छ ?
मैले प्रत्येक बिहान मुख धुँदा
अनुहारमा दल्ने साबुन
मेरो देशमा किन बन्दैन सरकार रु
किन बन्दैन ?

मेरो दिमागमा दिनहुँजसो
प्रश्नहरुको जालो बेरिँदै बेरिँदै
अणुबम बन्ने प्रकृयाम छ
र यो विष्फोट हुँदा
सब भन्दा ठूलो क्षति
मेरो शासकलाई हुनेछ

इति

वि.सं.२०७४ पुस २६ बुधवार ०७:३८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कविता : निखार काव्य ए कवि

कविता : निखार काव्य ए कवि

स्वर्ण शिखा, दाङ नवीन यामको अहो सुरम्य बिम्ब देखियो, नवीन...

कविता : शब्द दुरुपयोग

कविता : शब्द दुरुपयोग

निम्बतरु,अर्घाखाँची कालेलाई काले भन्न मिल्दैन सेतेलाई सेते भन्न मिल्दैन नेप्टे...

कविता : आत्मबोध

कविता : आत्मबोध

शान्ता न्यौपाने, बेलबारी, मोेरङ सधैं तिमी मर्छुमर्छु भन्छौ तर तिमीलाई...

कविता : नयाँ बर्ष

कविता : नयाँ बर्ष

भूपाल अधिकारी, बिराटनगर सही सोच राखौँ न उल्टाहरूले , सधैँ...

कविता : अनादर नगरौँ

कविता : अनादर नगरौँ

पौडेल विमुन्स, कास्की आफैंले दिनरात जप्न सकियो मन्त्रादि नानाथरि जप्दा...

टुक्का कविताहरू

टुक्का कविताहरू

ईन्दु श्रेष्ठ,चितवन १. जीवनमा मोक्ष पाउन गर्नु पर्छ कर्म दीन...