back
CTIZAN AD

मनको सङ्गीत नभएको देश

वि.सं.२०७४ माघ ११ बिहीवार

909 

shares

मलाई मेरो देशको खाँचो छ
म यो देशको साँचो किन समाइरहेछु ?
खोइ कुन खुशीको कुरा गर्छौ मित्र ?
मेरी प्रियसी मेरो साथमा छैनन्
म यसरी कतिन्जेल बिताउँ जहाँ
एक रात पनि एक वर्ष जस्तो हुन्छ
कुन सपनाको सहर हो यो ?
जहाँ सपना बुन्दाबुन्दै केश फुल्छ
माया उन्दाउन्दै गाला चाउरिन्छन्
कल्पनाले कतिन्जेल सुम्सुम्याउँ
मेरा प्रियसीका ओंठ र केशहरु
हावामा कति फ्यालौं चुम्बनका वर्षाहरु
तिमीलाई मैले हरेक रात मिस गरें भनेर
कति पर्खाइरहुँ खुशीको मिथ बोकेर जून
मलाई नै थाहा छैन कुन खुशी हो
कतिन्जेल भ्रमले जीवनका रहरहरु टिकाइराखौं ?
खुशी नै नभए पछि कुन अवसरको कुरा गर्छो मित्र ?
यो खस्रिएको मनमा चिल्ला बाटाहरुको के कुरा भयो र ?
तिम्रो हातमा मेरा हात नभए पछि
चिल्लो कारको स्टीरिङको के अर्थ भयो र ?
स्वपन देश हो भनेर मलाई किन झुक्याइरहन्छौ ?
के मलाई थाहा छैन र मैले खेलेको माटोको वासना ?
मैले टेकेका खेतका गरा
मैले दर्शन गरेका मन्दिर, मस्जिद र गुम्बाहरु
मैले नियालेका झरना, सुनेका छङ्गछङ्ग आवाजहरू
मेरा आँखाले छोएका हिमालहरु
किन मलाई तर्साइरहन्छौ, लोभ्याईरहन्छौ ?
म यो स्वपन देशको नाम अलापेर कतिन्जेल बसिरहुँ ?
साँझ परेपछि सराबले रङ्गीन पार्न मन पराउने
बयस्कहरुको भिडमा म कतिन्जेल हराउँ ?
तर्कले कहिलेसम्म किचिरहुँ आफ्नै मुटुको धड्कनलाई ?
स्वतन्त्रताको देशमा कैदी भएर
कहिलेसम्म बसिरहुँ आफ्नै यौवनका पंखेटाहरु काट्दै
कहिलेसम्म लम्ब्याइरहुँ मेरो छोटिदै गरेको आयु ?
के को आशमा म भासिरहुँ
मैले रोपेको मुटुको धड्कन यो देशमा नभए पछि ?
सरिरले प्रियसीको स्पर्श खोजे पछि
सीर्फ प्रबिधिलाई समाएर
कतिन्जेल म उनका आँखाहरु हेरिरहुँ
कसको आशमा यो भ्रमित जीवन
भ्रमित भूगोलमा बाचिरहुँ ?
मनको सङ्गीत नभएको देशमा
उराँठ, उजाड पहाडजस्तै
जहाँ झरना झर्देन
ध्वनीप्रतिध्वनी हुँदैन
जुनकिरी डुल्दैन
रङ्ग फेरिदैन
कतिन्जेल बस्ने डाँडापारिको जून हेरेर
आकाशको रङ्ग नियालेर
यो मनको सङ्गीत नभएको देशमा ।।
इति

वि.सं.२०७४ माघ ११ बिहीवार ०२:५३ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

कविता : वृत्त महिमा

कविता : वृत्त महिमा

हृषीकेश बराल पोखरा -२६ , कास्की भाषा चल्छन्,गति यति लिई,अर्थ...

कविता : आमा नरोउन् अब

कविता : आमा नरोउन् अब

रामशरण न्यौपाने “पाँचघरे” भक्तपुर आमा हुन् घरकी दियो प्रखर जो...

चारु

चारु

दिपक पनेरु,ईश्वरपुर ४, सर्लाही छुटेपछि दिल मेरो घायल भएछ तिम्रो...

झिल्का कविता

झिल्का कविता

शिवहरि खनाल,धादिङ १. सुखकाे आधार शान्ति शान्तिबाटै आउने हाे हाम्राे...

कविता : छोटा भाइ इन्डिया

कविता : छोटा भाइ इन्डिया

हिरा भट्ट 'बदमास नम्बर दुई' पञ्चेश्वर-६, बैतडी छोटा भाइ पडोसका...