back
CTIZAN AD

कष्टकर जीवन जीउने रत्ननगरका मुसहरलाई अब ‘नमूना गाउँ’

वि.सं.२०७४ माघ १२ शुक्रवार

933 

shares

१२ माघ, रत्ननगर, चितवन । चितवनको रत्ननगर नगरपालिका –७ की वैशाखी माझी (मुसहर) आज चिसो मौसममा सानो झुप्रो अगाडि जाडो छल्न बिहानीको पार ताप्दै हुनुहुन्थ्यो ।

बाँसका कुहिन लागेका भाटा तेस्र्याएर त्यसमाथि च्यातिएको त्रिपाल बेरेको घर उहाँको हो । राति शीत पनि चुहिन्छ । भित्र एकजना मात्रै बल्लतल्ल बस्न सकिएला । आगो फुक्यो भने ज्वालो सोझै त्रिपाल छेडेर निस्कनेखालको छ । यस्तो कष्टकर जीवन बित्दैछ वैशाखीको ।

यहाँका दुई दर्जन बढी मुसहर परिवारको दैनिकी यस्तैयस्तै छ । त्यसमध्येको एक वैशाखीजस्ता धेरैको जीवन अत्यन्तै कष्टकर छ । राम्रो घर नभएको र कोठा पनि नभएकाले परिवारमा सासु, ससुरा छोरी, बुहारी, छोरा सबै एकै स्थानमा सुत्नुपर्ने बाध्यता छ ।

यसरी कष्टकर जीवन गुजार्ने उनीहरुका लागि भने अहिले ‘नमूना बस्ती’ बन्ने खबरले मुसहरहरु फुरुङ्ग छन् । “घर बन्छ रे अब हाम्लाई, वैशाखीले खिस्स हाँस्दै भन्नुभयो, बनेपछि नयाँ घरमा बस्ने ।”

ती मुसहरलाई चितवनका विभिन्न छवटा रोटरी क्लबको अगुवाइमा नयाँ घर बन्न लागेको छ । यहाँको रोटरी क्लब अफ चितवन, रोटरी क्लब अफ रत्ननगर, रोटरी क्लब अफ नारायणगढ, रोटरी क्लब अफ भरतपुर, रोटरी क्लब अफ नारायणी मिड टाउन र रोटरी क्लब अफ गैँडाकोटले ‘रोटरी मुसहर नमूना गाउँ’ बनाउन शुरु गरेको हो ।

आज रोटरी क्लब अफ इन्टरनेशनल ३२९२ का डिस्ट्रिक गभर्नर सञ्जय गिरीद्वारा शिलान्यास भएको छ । नमूना बस्ती चार महिनामा पूरा गर्ने योजना रहेको रोटरी इन्टरनेशनल जोन २० का सहायक गभर्नर तथा कार्यक्रम संयोजक राजेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

मुख्यगरी शुरुमा अति कष्टकर जीवन गुजार्दै आएका १२ परिवारका लागि घर निर्माण हुन लागेको छ । त्यसपछि छवटा घर थपेर १८ घर निर्माण गर्ने योजना रहेको रोटरी क्लब अफ रत्ननगरका अध्यक्ष विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो ।

यस्तो बन्छ घर 

एउटा घरमा भान्सा कोठासहित तीनवटा कोठा हुन्छन् । शौचालय एउटा छ । बाल उद्यान समिति सामुदायिक भवनसमेत निर्माण गरिनेछ । नमूना बस्ती बनाउने योजनासहित आजदेखि काम थालिएको रोटरियन पूर्ण रिजालले बताउनुभयो ।

यसका लागि प्रतिघर रु तीन लाख लाग्ने अनुमान गरिएको छ । घर निर्माणको खर्च विभिन्न रोटरी क्लब र रोटरियनबाट प्राप्त भएको छ । मुख्यगरी कूल लागतको ५० प्रतिशत रकम हस्तबहादुर भट्ट प्रतिष्ठानले व्यहोर्ने छ ।

अन्यमा इन्टरनेशनल ३२९२ बाट रु दुई लाख, पूर्व सांसद उमेश श्रेष्ठबाट रु तीन लाख, रोटरी क्लब अफ काठमाडाँै मेट्रोबाट रु दुई लाख, आयोजक छ वटा रोटरी क्लबबार रु एक, एक लाख, प्रकाश अर्यालको अग्रसरतामा रु तीन लाख, एनआरएनए जापानका विष्णु भट्टराईबाट रु एक लाख आठ हजार सहयोग प्राप्त भएको छ ।

चितवनको सौराहा नजिकै रत्ननगर–७ को मालपुरमा २६ जना मुसहरको नाममा खरिद भएको १५ कट्ठा सात धुर जग्गामा उक्त नमूना बस्ती बनाउन लागिएको हो ।

यी बनेका घरमा जीवन मुसह, विगवा, राजु, भदै मुसहर, सुखारी, कार्की, तेजबहादुर, रुपलाल, पतिराम, लक्ष्मण र बलराम मुसहर बसोबास गर्ने जनाइएको छ ।

वि.सं.२०७४ माघ १२ शुक्रवार ०९:४३ मा प्रकाशित

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

बन्दीपुर । गाउँ पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय...

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले...

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...