back
CTIZAN AD

नेदरल्याण्डका लागि पर्यटनदूतमा पाण्डे

वि.सं.२०७४ माघ १२ शुक्रवार

948 

shares

नेपाल पर्यटन बोर्डले नेदरल्याण्डमा रहेका केशबराज पाण्डेलाई पर्यटनदूतमा नियुक्त गरेको छ ।
लामो समयदेखि नेदरल्याण्डमा बस्दै आएका एनआरएनए नेदरल्याण्डका वरिष्ठ उपाध्यक्ष समेत रहेका पाण्डेलाई पर्यटन बोर्डले नेपालको कला, संस्कृति तथा पर्यटनको प्रवद्र्धन तथा प्रचार–प्रसारमा महत्वपूर्ण भूमिका निभाउन सक्ने विश्वासका साथ नेदरल्याण्डका लागि पर्यटनदूत नियुक्त गरेको हो ।
नेदरल्याण्डलाई कर्मथलो बनाउँदै आएका पाण्डेले पर्यटनबोर्डले दिएको उक्त जिम्मेवारीले थप हौसला दिएको बताउँदै नेपालको पर्यटन प्रवद्र्धनमा आफू सधैं लागि पर्ने संसारन्युजलाई बताए ।


स्मरण रहोस्, पछिल्लोपटक सरकारले युरोप, अमेरिका तथा अष्ट्रेलियामा रहेका विभिन्न क्षेत्रमा कार्यरत नेपालीलाई नेपालको पर्यटन प्रवद्र्धनका लागि पर्यटनदूत नियुक्ति गर्ने क्रम जारी राखेको छ । ती दूतहरुले विदेशका नागरिकहरुबीच नेपालको पर्यटन प्रवद्र्धनमा विशेष भूमिका निर्वाह गर्दै पर्यटनबाटै देशको आर्थिक समृद्धिमा टेवा पु¥याउन लागिपर्ने छन् भन्ने विश्वास गरिएको छ ।

वि.सं.२०७४ माघ १२ शुक्रवार १०:३७ मा प्रकाशित

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...