
अशोक लेलैण्डको व्यवसायीक गाडीहरुको नेपालका लागि आधिकारिक बिक्रेता तथा आइएमई ग्रुप अन्तर्गतको अटोमोबाइल सेवा प्रवाहक संस्था आइएमई मोटर्स प्रालिले धेरै प्रतीक्षा पछि “क्याप्टेन” टिपरको नेपालमा बिक्रि वितरणको सुरुवात गरेको छ । १५ माघ, २०७४ का दिन होटेल हयात रेजेन्सी, बौद्ध, काठमाडौँमा एक कार्यक्रममार्फत उक्त कुराको जानकारी गराइएको थियो ।
कार्यक्रममा आइएमई ग्रुपका कार्यकारी अध्यक्ष चन्द्रप्रसाद ढकाल र अशोक लेलैण्ड लिमिटेडका ग्लोबल ट्रकको प्रेसिडेन्ट अनुजकथुरियाको उपस्थिति रहेको थियो । त्यसैगरी आइएमई गु्रपका प्रबन्ध निर्देशक हेमराज ढकाल, आइएमई मोटर्स प्रा.लिका निर्देशकहरु सन्दिपग्रवाल, सुमन पोखरेल र इश्वर कार्की, आइएमई मोटर्स प्रा.लिका प्रमुख कार्यकारी अधिकृत कपिल शिवाकोटी, अशोक लेलैन्ड ग्लोबल ट्रक्र्स—भाइस प्रेसिडेन्ट सुभेन्दु मोइत्रा, अशोक लेलैन्ड कम्पनीका पुर्वी सार्क क्षेत्रीय प्रबन्धक तन्मयमित्रा आदिको उपस्थिती भएको थियो ।
अशोक लेलैंडको मेण्टेनन्स मैत्री प्रतिष्ठालाई जारि राख्दै क्याप्टेन सिरिजका गाडीहरु जसमा उच्च माइलेज, बढ्दो सवारी अपटाइम र कम भन्दा कम टीप समय रहेका छ । जसले गर्दा सवारी सञ्चालन लागत कम गर्दछ । क्याप्टेन गाडीहरुमा इलेक्ट्रिक तथा इलेक्ट्रोनिक बिशेषताहरु भएकोले चालकलाई गाडीको विभिन्न अवस्थाहरुको बारेमा जानकारी प्राप्त हुन्छ । यस ट्रकले नेपालको उच्च दक्षता भएको ट्रकको बढ्दो मागलाई पुरा गर्ने विश्वास कम्पनीले बताएको छ ।
क्याप्टेन टिपरका मुख्य आकर्षण भनेको राम्रो कार्यदक्षता र चालकलाई आरामदायी क्याबिन रहेको छ । यसमा ६ प्रकारको एड्जस्टेबल सस्पेण्डेड चालक सिट, टिल्टेबल र टेलिस्कोपिक स्टियरिङ्ग कलमं, वातानुकुलित क्याबिन र म्युजिक सिस्टम रहेको छ ।
क्याप्टेन सिरिजका गाडीहरुले ३ वटा क्षेत्रहरु जस्तै चालकलाई आराम, विश्वसनीयता र कार्यक्षमतालाई ध्यान दिदैं नेपाली बजारमा प्रतिस्पर्धामा उत्रेको छ । भारतमा सन् २०१४ मा लन्च भएको क्याप्टेन सिरिजका ट्रकहरु तथा टिपरहरु १६ देखि ४९ टन सम्मका विभिन्न प्रकारका टिपर, ट्रेक्टर, र ट्रक उपलब्ध छन् । यस सुरुवातको अवसरमा आइएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत कपिल शिवाकोटीले भने, “अशोक लेलैण्ड ट्रकले नेपाली बजारमा एक विश्वसनीय ब्रान्डको हिसाबमा नाम कमाएको छ र नयाँ क्याप्टेनले यसको बिरासतलाई अगाडी बढाउने र ग्राहकहरुको अपेक्षालाई सर्वोपरी गर्दै अगाडी बढ्ने प्रतिबद्धता जाहेर गर्न चाहन्छौं ।”
हिन्दुजा ग्रुपअन्तर्गत अशोक लेलैण्ड भारतीय उत्पादक कम्पनी हो जसको भारतको चेन्नाईमा मुख्यालय रहेको छ । अशोक लेलैण्ड १९४८ मा स्थापित यो कम्पनी व्यवसायीक वाहनमा भारतको दोश्रो ठूलो उत्पादक कम्पनी हो । साथै ट्रक टिपर उत्पादकमा विश्वको बाह्रौं ठूलो उत्पादक हो । अशोक लेलैण्ड सच्चा व्यावसायिक सवारी साधन उत्पादक कम्पनी हो जसको विश्वमा ९ ओटा उत्पादन प्लाण्टहरु रहेको रहेका छन् । अशोक लेलैण्ड स्पेयर पार्टसहरु र औद्योगिक र समुद्री प्रयोगका इन्जिन पनि उत्पादन गर्ने कम्पनी हो ।
शोक लेलैण्डमा यात्री परिवहनको १८ सिट देखि ८० सिट क्षमताका विभिन्न बसहरु रकेका छन र बसको बजारमा ठूला पकड रहेको छ । अशोक लेलैण्डको मालवहाक वर्गमा २.५ टन देखि ४९ टन सम्मका विकल्पहरु उपलब्ध छन् ।
नेपालमा उपलब्ध अशोक लेलैण्डका गाडीहरुः
1) ट्रक/टिपर
2) बस
3) साना तथा मझौला व्यबसायिक गाडीहरु
4) डिफेन्स प्रयोजन लगायत अन्य बिशेष गाडीहरु
आइएमई मोटर्स प्रालि नेपालका लागि अशोक लेलैण्ड कमर्सियल गाडी हरुको आधिकारिक बिक्रेता हो । नेपाल भरि आफ्ना शाखा तथा डिलरका सेल्स, सर्भिसर पार्ट्स नेटवर्क मार्फत आइएमई मोटर्सले ग्राहकहरुलाई सजिलो र सुलभ तरिकाले सेवा प्रबाह गर्दै आएको छ । युवा, सक्षम र उर्जावान जनशक्तिका साथमा आइएमई मोटर्स प्रालि नेपालमा महत्वपुर्ण अटा मोबाइल कम्पनीको रुपमा अगाडी बढीरहेको छ ।
वि.सं.२०७४ माघ १६ मंगलवार ०९:५२ मा प्रकाशित






























