back

नबिल फाउण्डेसनद्वारा सिविन–नेपालको वेभसाईट प्रवद्र्धनमा सहयोग

वि.सं.२०७४ माघ १६ मंगलवार

228 

shares
NTC AD
Global IME AD


नबिल बैंकद्वारा प्रवद्र्घित नबिल फाउण्डेसनले सिविन–नेपालले बिशेष गरी बालबालिकाहरुकालागी संचालन गरेको वेभसाईट www.balsarokar.com को प्रवद्र्धनमा सहयोग स्वरुप रु. १५०,००० प्रदान गरेको छ । सिविन–नेपालद्वारा सिविन हेल्पलाईन, नैकापमा आयोजित एक कार्यक्रममा नबिल फाउण्डेसनका अध्यक्ष दयाराम गोपाल अग्रवाल तथा नबिल बैंकका संचालक प्रताप कुमार पाठकले सो रकम बराबरको चेक सिविन–नेपालका अध्यक्ष माधव प्रधानलाई हस्तान्तरण गरे ।

सिविन–नेपाल बालअधिकारको संरक्षण र सम्वद्र्धनका लागि क्रियाशील रहेको एक सामाजिक संस्था हो । सिविन–नेपालले बालअधिकारको जागरुकताको निमित्त विभिन्न माध्यमहरुबाट सरोकारवालाहरुलाई सूचित गर्ने सन्दर्भमा नयाँ वेभसाईट www.balsarokar.com संचालन गरेको छ । उत्त वेभसाईटमा खबर, लेख, सरोकारवाला तथा बालबालिकाहरु संगको अन्तरवार्ता, अडियो र भिडियो, प्रतिवेदन, बालबालिकाहरुको सम्बन्धित नियम तथा नितीहरु समावेश गएिको छ ।
नबिल फाउण्डेसनका अध्यक्ष दयाराम गोपाल अग्रवाले सिविन–नेपाल, जुन असहाय बालबालिकाको भरण पोषण तथा बालबालिकाको बृति बिकासमा समर्पित जस्तो बालअधिकारमुखी संस्थाले सुरुवात गरेको सत्प्रयासमा नबिल फाउण्डेसन सहयोगी बन्न पाएकोमा खुशी व्यक्त गरे । सिविन–नेपाल परिवारले नबिल बैंक तथा नबिल फाउण्डेसनलाई सहयोग प्रदान गरेकोमा धन्यवाद ज्ञापन गरे ।

वि.सं.२०७४ माघ १६ मंगलवार १०:०८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
प्रधानमन्त्री ‘प्रचण्ड’ भन्छन्-देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन

प्रधानमन्त्री ‘प्रचण्ड’ भन्छन्-देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन

मनहरी (मकवानपुर) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र गत...

लुम्बिनी विकास बैंकका स्वतन्त्र सञ्चालकद्वारा सपथ गह्रण

लुम्बिनी विकास बैंकका स्वतन्त्र सञ्चालकद्वारा सपथ गह्रण

  काठमाडौं । लुम्बिनी विकास बैंकका नवनियुक्त स्वतन्त्र सञ्चालक जयदेव...

कृषि विकास बैंकद्वारा विद्यार्थीसंग बैंक कार्यक्रम सञ्चालन

कृषि विकास बैंकद्वारा विद्यार्थीसंग बैंक कार्यक्रम सञ्चालन

  काठमाडौं । बिश्व बैंकको आह्वानमा यस बर्षको मार्च १८...

निरन्तर सुनको मूल्यले नयाँ रेकर्ड ब्रेक गर्दै, आज २१ सयले बढ्यो

निरन्तर सुनको मूल्यले नयाँ रेकर्ड ब्रेक गर्दै, आज २१ सयले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु दुई हजार...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ...

बगानमै कुचो छाड्न बाध्य भए किसान

बगानमै कुचो छाड्न बाध्य भए किसान

फिक्कल (इलाम) । कुचो काट्ने खेतालालाई दिने ज्यालासमेत नपुग्ने भएपछि...