back
CTIZAN AD

सानिमा बैंकद्वारा चार ठाउँमा नयाँ शाखा विस्तार

वि.सं.२०७४ माघ १६ मंगलवार

885 

shares


सानिमा बैंक लिमिटेडले थप चार ठाउँमा शाखा विस्तार गरेको छ । बैंकले यहि माघ १४, २०७४ मा पोखराको अमरसिंह, बगर र बिरौटा साथै माघ १५, २०७४ मा दाङ्गको तुलसीपुर गरी ४ वटा नयाँ शाखा कार्यालय स्थापना गरीे बैंकिङ्ग सेवा थप बिस्तार गरेको हो । पोखराको शाखा कार्यालयहरु समुद्घाटन सानिमा बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठ तथा ब्य्रान्ड प्रवद्र्धक मह जोडी कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यद्वारा संयुक्त रुपमा भयो भने दाङ्गको तुलसीपुर शाखा कार्यालय समुद्घाटन् सानिमाबैंकका अध्यक्ष विनयकुमार श्रेष्ठ तथा बरिष्ठ कलाकार हरिवंश आचार्यद्वारा संयुक्त रुपमा भएको थियो ।
समुद्घाटन् समारोहमा सानिमा बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठले स्वागत व्यक्त गर्दै समस्त ग्राहक वर्गको थप सेवा तथा सुविधाका लागी सानिमा बैंकले शाखा बिस्तार गर्दै जाने नीति लिएको बताए । उनले बैंकका ग्राहक तथा सम्पूर्ण सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्दै अमरसिंह, बगर, बिरौटा र तुलसीपुर शाखाबाट पनि ग्राहकहरुलाई गुणस्तरीय सेवा पु¥याउने प्रतिबद्धता समेत व्यक्त गरे ।
समुद्घाटन समारोहमा मह जोडीले पोखरामा थप शाखा संचालनमा आएकोमा पोखरावासीलाई बधाईको साथै बैंकलाई समेत बधाई ज्ञापन गर्दै सानिमाको सफलता तथा सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन शुभकामना व्यक्त गरे ।
सानिमा बैंकको हाल ५१ शखा, १ एक्सटेन्सन काउन्टर र ६० ए.टि.म. रहेको छ ।

वि.सं.२०७४ माघ १६ मंगलवार १०:३४ मा प्रकाशित

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ...

यस्तो आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । वै नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको...

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ...

नयाँ उद्देश्य, लक्ष्य र मूल्यमान्यताका साथ अघि बढ्दै नबिल बैंक

नयाँ उद्देश्य, लक्ष्य र मूल्यमान्यताका साथ अघि बढ्दै नबिल बैंक

काठमाडौं। नबिल बैंक लिमिटेडले नयाँ वर्ष २०८३ को सुरुवातसँगै चार...

एन आई सी एशिया बैंकद्वारा आमा घर सेवा आश्रममा आरओ वाटर प्युरिफायर जडान

एन आई सी एशिया बैंकद्वारा आमा घर सेवा आश्रममा आरओ वाटर प्युरिफायर जडान

काठमाडाैँ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक...

मर्केन्टाइल अफिस सिस्टम र प्रभु बैंकबीचसम्झौता एसर ल्यापटप र एप्सन प्रिन्टर समान खरिदमा छुट

मर्केन्टाइल अफिस सिस्टम र प्रभु बैंकबीचसम्झौता एसर ल्यापटप र एप्सन प्रिन्टर समान खरिदमा छुट

काठमाण्डौ । नेपालमा एसर ल्यापटप र एप्सन प्रिन्टर आधिकारिक विक्रेता...