back
CTIZAN AD

साझाले ल्यायो विकलांगमैत्री बस

वि.सं.२०७४ माघ २३ मंगलवार

693 

shares

२३ माघ, काठमाडौं । साझा यातायात सहकारी लिमिटेडले विकलांगलाई यातायातमा सहज गराउनका लागि विकलांगमैत्री बस ल्याएको छ ।

काठमाडौँ उपत्यकामा विकलांगलाई सेवा दिने उद्देश्यले भारतबाट सोमबार विकलांगमैत्री ‘सिमी लो फ्लोर’ नामको बस नेपाल भित्र्याइएको संस्थाका कामु कार्यकारी अधिकृत महेन्द्रराज शर्माले जानकारी दिए । । नमूनाका लागि भित्र्याइएको उक्त बसमा विकलांगसहित बालबालिका, वृद्धवृद्धा र सर्वसाधारणले समेत यातायात गर्न सक्ने उनले बताए ।

ग्लोबल टेण्डरमार्फत भारतको राजस्थानबाट भारतीय कम्पनी अशोक लेल्याण्डबाट करिब रु ३५ लाखमा उक्त बस नेपाल ल्याइएको हो । बस चाँडै प्रक्रिया पु¥याई सञ्चालनमा ल्याइने बताइएको छ । “बस भर्खर आएको छ । अब प्राविधिक जाँच हुन्छ”, उनले भने “वाग्मती यातायात व्यवस्था विभागमा दर्ता गरेर बस सञ्चालनको अनुमति लिएर बस सञ्चालन गर्छौँँ ।” उक्त बस विकलांगलाई अस्पताल हिँडडुल गर्ने मार्गमा सञ्चालन गरिने छ ।

होचो बस भएकाले खाल्डाखुल्डी कम भएको ठाउँमा र राम्रो सडकमा सञ्चालन हुनेछ ।
उनका अनुसार ललितपुरस्थित पाटन अस्पताल हुँदै त्रिपुरेश्वरस्थित आँखा अस्पताल–वीर अस्पताल–महाराजगञ्जस्थित शिक्षण अस्पताल–बाँसबारीस्थित शहीद गंगालाल हृदयरोग केन्द्रसम्म चलाइने योजना छ । एकचालीस सिट उक्त बसको ढोकामा ह्वील चेयर सजिलै लैजान मिल्छ ।

बसमा सिसिटिभी क्यामेरा र टिभी पनि छन् । गाडी गुडिरहेको स्थानबारे पनि जानकारी पाइनेछ । कामु कार्यकारी अधिकृत पाण्डेले साझाले लामो दूरीका लागि थप चार डिलक्स बस पनि ल्याउन थालेको जानकारी दिनुभयो । यस्तै २४ नयाँ बस ल्याउनका लागि समेत निर्णय भएको छ । अहिले संस्थामा ४६ गाडी भए पनि आगामी छ महिनाभित्र ७५ गाडी पु¥याइने लक्ष्य रहेको उनले बताए ।

वि.सं.२०७४ माघ २३ मंगलवार ०३:०२ मा प्रकाशित

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान...

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

तानसेन (पाल्पा) । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत...

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले...

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट...

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले आजदेखि नयाँ नागरिकता...

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज...