back
CTIZAN AD

बेल्जियममा झापाली समाजको स्थापना

वि.सं.२०७४ माघ २२ सोमवार

747 

shares


विश्वभर रहेका झापालीहरुलाई एकजुट बनाउने उद्देश्यले संजाल विस्तारको क्रममा रहेको अन्तर्राष्ट्रिय झापाली समाज अन्तर्गत बेल्जियममा झापाली समाज स्थापना भएको छ ।
बेल्जियमको Everest Cuisine Restaurant मा भेला भएका झापालीहरुले प्रविण भण्डारीको अध्यक्षतामा २३ सदस्य कार्यसमिति गठन गरेका छन् । जसको उपाध्यक्षमा शैलजा कट्टेल, महासचिवमा भेषराज श्रेष्ठ, सचिवमा बुद्दि गुरुङ, कोषाध्यक्षमा पदमा नेपाल, सहकोषाध्यक्षमा महेन्द्र भट्टराई र सदस्यहरुमा हरि पाठक, सबिता दाहाल, कृष्ण उप्रेती, यादव कट्टेल, रतन गुरुङ, खेम कार्की, बिनोद थापा, काशीनाथ मैनाली ज्ञानु थापा, बिरेन्द्र गुरुङ, विप्लप घिमिरे, रतन गुरुङ (जितन), ज्योति गुरुङ, पेमा शेर्पा, कविता भट्टराई, पुण्य नेपाल र दिनेश पोख्रेल रहेका छन् ।

यस्तै भेलाले चन्द्र प्रसाद ढकाल, इन्द्र प्रसाद ओली, नारायण अधिकारी, गोपाल दाहाल र बिमल गिरिलाई सल्लाहकार समितिमा चयन गरेकोे छ ।
नेपाली राजदूतावास बेल्जियमका नियोग उपप्रमुख सुधिर भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त भेलामा झापालीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । अन्तर्राष्ट्रिय झापाली समाजका उपाध्यक्ष ललित कुमार न्यौपाने र कोषाध्यक्ष बालहरि राईको विशेष आतिथ्यता रहेको थियो ।

वि.सं.२०७४ माघ २२ सोमवार १५:०४ मा प्रकाशित

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...