back
CTIZAN AD

जन्मस्थली कविता कृति लोकार्पण

वि.सं.२०७४ फागुन २० आइतवार

816 

shares

धर्मानन्द भट्टद्वारा रचना गरिएको ‘जन्मस्थली’ छन्द कवितासङ्ग्रह वि.सं. २०७४ फाल्गुण १९ गते लोकार्पण भएको छ ।
भ्याली पब्लिक माद्यमिक विद्यालय भङ्गाल,सुन्दरबस्ती, काठमाडौंका संस्थापक प्रधानाध्यापक कृष्णप्रसाद अधिकारीले प्रकाशन गरेको उक्त कृति भ्याली पब्लिकको रजत जयन्ती अवसरमा लोकार्पण गरिएको हो ।

विद्यालयका सहायक प्रधानाध्यापक केशवराज अधिकारीले सञ्चालन गरेको उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लीलबहादुर गुरुङ सभापति रहनुका साथै प्रमुख अतिथि माननीय थममाया थापा,अतिथि सांसद् दीपक निरौला तथा विभिन्न विदेशी पाहुनागणको उपस्थिति रहेको थियो ।


पानसमा वत्ती बालेर राष्ट्रिय गानसँगै प्रारम्भ गरिएको यस कार्यक्रममा सविना सुवेदी र मनोज ढकालको स्वागत मन्तव्य रहेको थियो । विद्यार्थी,अभिभावक तथा अन्य धेरै व्यक्तित्वको उपस्थिति रहेको रजत जयन्ती कार्यक्रमका अतिथि दीपक निरौला,कवि डा।लेखप्रसाद निरौला,लीलबहादुर गुरुङ,कृष्णप्रसाद अधिकारी,सुनिता अधिकारी,भुपेन्द्र निराजन खनियाँ,महेश अधिकारी,केशव अधिकारीलगायत विदेशी पाहुनाहरूको बाहुलीबाट ‘जन्मस्थली’ छन्द कविता कृतिको लोकार्पण भएको थियो ।
लोकार्पणकै अवसरमा कवि डा।लेखप्रसाद निरौलाज्यूले कविता कृतिमाथि छोटोमीठो,सारगर्भित टिप्पणी गरेका थिए ।

वि.सं.२०७४ फागुन २० आइतवार ०४:३५ मा प्रकाशित

भूपदेव शाह रास्वपा महामन्त्री बन्दै

भूपदेव शाह रास्वपा महामन्त्री बन्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भूपदेव शाहलाई महामन्त्री...

वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै

वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय...

सुकुम्वासी उठिबासविरुद्ध नेकपाको कडा आपत्ति

सुकुम्वासी उठिबासविरुद्ध नेकपाको कडा आपत्ति

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सुकुम्वासी परिवारहरूमाथि जबरजस्ती...

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

काठमाडौं । रैथाने खानाको प्रवर्द्धन गर्ने उद्देश्यसहित “रैथाने खाना प्रवर्द्धन...

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढ्यो

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढ्यो

प्रकाश सिलवाल, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला पाँच...

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न काउन्सीलेको निर्देशन

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न काउन्सीलेको निर्देशन

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षण विना...