back
CTIZAN AD

अष्ट्रेलियामा पहिलोपटक सामूहिक ब्रतबन्ध गरियो

वि.सं.२०७४ फागुन २३ बुधवार

705 

shares

अष्ट्रेलिया। भूगोल जति टाढा भए पनि आफ्नो संस्कृति, कला, परम्परा, धर्म,सु–सँस्कार र रितिरिबाज त्यति नै प्रागढ हुन्छ अनि यसको झनै महत्व हुन्छ । यसको एक उदाहरण स्वरूप अष्ट्रेलियामा पहिलोपटक ऐतिहासिक सामूहिक ब्रतबन्ध भब्यताका साथ सम्पन्न भएको छ ।
नेपाली हिन्दु समाज अष्ट्रेलियाद्वारा आयोजित उक्त साँस्कारिक कार्यक्रम यहि गत ३ र ४ मार्च २०१८ मा सिड्नीको रिजेन्टपार्क स्थित साई मन्दिरमा सम्पन्न भएको हो ।
एकै यज्ञमा सनातन धर्म अनुसार २८ जना बटुकको सामूहिक ब्रतबन्ध सम्पन्न भएको उक्त कार्यक्रममा प्रबासमा रहे पनि आफ्ना भाबि पुस्तामा बैद्धिक सँस्कार हस्तान्तरण गर्ने र समूहमा यस्ता कार्य गर्दा सामाजिक सद्भाब र एकतालाई अझै प्रागढ बनाउने उक्त सँस्थाका कोषाध्यक्ष तथा समुदायको चर्चित पंण्डित प्रकाश ढोडारीले बताए ।


नेपाल देखि आएका चर्चित पण्डित, स्थानीय पुरोहित र ओमकार ध्वनि सहितको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा समुदायका बिभिन्न सँस्थाका प्रतिनिधी, समाजका अगुवा तथा अभिभाबकहरूको उपस्थिति रहेको कार्यक्रम अत्यन्त्यै सकारात्मक र प्रभाबकारी रहेको जनाउदै सस्थालाई हौसला प्रदान गरेका छन् ।

उक्त कार्यक्रम सभ्य र भब्यरुपमा सफल पार्न प्रत्यक्ष अप्रत्यक्ष सम्पूर्णलाई कार्यक्रम ब्यबस्थापक पं. प्रकाश ढोडारीले हार्दिक आभार तथा धन्यबाद ज्ञापन गरेका छन् ।

वि.सं.२०७४ फागुन २३ बुधवार १०:२६ मा प्रकाशित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...