back
CTIZAN AD

म साथमा थिएँ, छु

वि.सं.२०७४ फागुन २४ बिहीवार

1.3K 

shares

को हुन राकेश काफ्ले भनेका ?
उहाँसँग मेरो के नाता सम्बन्ध पर्छ ?
सबैले यही प्रश्न गरिरहे, गरिरहेछन्
मैले सुनिमात्र रहेँ, फगत मनमा गुनिरहेको छु
तिम्रो भावना मैले बुझेको थिएँ
मेरो भावना तिम्ले बुझेका थियौ

कसैलार्इ स्पष्ट पार्न सकिने
कहाँ थियो र हाम्रो सम्बन्ध ?
नबुझेकाले तिम्लाई जेसुकै भनुन्
मैले त तिमीलार्इ बुझेको थिएँ
त्यसैले त म तिम्रो साथमा थिएँ
नचिनेकाले तिम्लाई जसरी चिनुन्
मैले त तिम्लाई चिनेकै थिएँ
त्यसैले त म तिम्रो साथमा थिएँ

जेजे पर्छ म छु भन्थ्यौ
तिमी ढुक्क हुनु भन्थ्यौ
जे गर्नुपर्छ म गर्छु भन्थ्यौ
तिमी ढुक्क हुनु भन्थ्यौ
समयले कहिले के गरायो तिम्लाई
अहिले कहाँ पुर्यायो  मलार्इ ?

कहिले खुशीले कालिगड बनायो तिम्लाई
कहिले निराशाले मन परायो तिम्लाई
तर हरेक परिस्थितिमा थियो निरन्तरता
सत्यका पक्षमा असत्यका विरूद्धमा
नथाक्ने, नझुक्ने तिम्रो विद्यार्थी कलम
नटुट्ने, नसुक्ने तिम्रो मसीरूपी मलम
तिम्रो कलम कति अमूल्य हुने थियो
मलाई स्पष्ट थाहा थियो
त्यो मलम कति शितल छ
मलाई थाहा थियो
त्यसैले त म तिम्रो साथमा थिएँ

भावुक थियौ, मुड्डी थियौ
तथापि तिमी मनका धनी थियौ
ज्ञानी गुणी पनि थियौ
मलाई ज्ञान दियौ, मान दियौ, सम्मान दियौ
कहिँ कसैले वास्ता नगरेको मलाई
तिमीले एकोहोरो ध्यान दियौ
मेरो खुशीलार्इ तिम्रो खुशी ठान्यौ
मेरो जितलार्इ तिम्रो जित मान्यौ
मलाई जिताउन तिमी हार्दै थियौ
किन ? मैले सोधेथें कुनै दिन
यो मेरो कलमको जित हो, साहित्यको जित हो
तिम्ले भन्यौ
त्यसैले त म तिम्रो साथमा थिएँ
यो मेरो संगीतप्रतिको प्रीत हो
नेपाली भाषा प्रतिको प्रीत हो
तिम्ले भन्यौ
त्यसैले त म तिम्रो साथमा थिएँ

तर
कहिँ कतै तिमी ठूलो पिडामा थियौ
तिम्ले सायद बाटो बिराईदियौ
सहज बाटोमा सँगै हिँडेका सबै
तिमी कठिन बाटोतिर पुग्दाखेरि छुटेछ्न्
खुशीमा हाँसोमा सँगै रमाएका नातागोता
दुःखमा छटपटिँदा एक एक गरी टुटेछ्न्
त्यो कठिन मार्ग छिचोलेर फेरि
पुनः सहज सहि  बाटो आउँछौ भन्ने आस थियो
त्यसैले त म तिम्रो साथमा थिएँ
तिम्रो सिकौरो कलम दौडिन थाल्ने छ फेरि
पुनः मसँगै तिमी गुनगुनाउनेछौ भन्ने आस थियो
त्यसैले त म तिम्रो साथमा थिएँ

गीत संगीत,कला, साहित्य मेरो प्राण हो भन्थ्यौ
त्यो मलाई थाहा थियो
अरु सबै त्याग्न सक्थ्यौ, के सक्दैनथ्यौ ?
त्यो मलाई थाहा थियो
सुनेको थिएँ आकाशमा चम्किने तारा
हजारौं बर्ष पहिलेको हो
त्यस्को प्रकाश मात्र सत्य हो
भौतिक रुप कहि छैन
त्यस्तै तर अझ अमर हुनलाई पो रहेछ
त्यस्तै तर अझ अजर हुनलाई पो रहेछ
अरुलाई बोझ भएको तिम्रो भौतिकता
अरुलाई विष भएको तिम्रो भावना
आँफै पिएर आँफै लिएर
सम्झनामा मात्र रहने गरी गयौ
शब्दमा मात्र रहने गरी गयौ
ताराझैं मात्र चम्कने गरी गयौ
हार्दिक श्रद्धाञ्जली तिमीलाई
र, हिजो पनि म तिम्रै साथमा थिएँ
आज पनि छु
भोलि पनि हुनेछु
तिम्रै साथमा छु

इति

वि.सं.२०७४ फागुन २४ बिहीवार ०४:४८ मा प्रकाशित

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...

कविता : मसँग मेरो मन

कविता : मसँग मेरो मन

शशीश्री आचार्य, बौद्ध कुमारीगाल, काठमाडौँ म अनि मेरो मन एक्लै...

झिल्का कविताहरू

झिल्का कविताहरू

विकास क्षेत्री अञ्जान बिजनबारी बजार, भारत १ नेताले कसम खायो...

कविता : हो देह यो मन्दिर

कविता : हो देह यो मन्दिर

अलख निरन्जन लोहार टीकापुर कैलाली हाल : भारत आँधीको मन...