
२८ फागुन, काठमाडौँ । आईसीसी विश्व कप छनोट अन्तर्गत नेपालले हङकङ विरुद्ध फिल्डिङ गर्ने भएको छ । आज हुन लागेको समुह चरणको अन्तिम खेलमा हङकङले टस जित्दै ब्याटिङ गर्ने निर्णय गरेको हो ।
बुलावायो एथ्लेटिक क्लबको मैदानमा हुन लागेको खेलमा आज नेपालले हङकङलाई भारी अन्तरले पराजित गर्न सके नेपालको सुपर सिक्समा पुग्ने म्भावना रहने छ । यदि नेपाल पराजित भएमा हङकङ सुपर सिक्समा पुग्नेछ र नेपाल डिभिजन टू मा घटुवा हुने छ ।
नेपालले अहिलेसम्म जारी प्रतियोगितामा खेलेको तीनै खेलमा पराजित भएको छ । पहिलो खेलमा आयोजक जिम्बावेसँग, दोस्रो खेलमा स्कटल्यान्ड तथा तेस्रो खेलमा अफगानिस्तानँग पराजित भएको थियो ।
वि.सं.२०७४ फागुन २८ सोमवार ०७:२६ मा प्रकाशित


























