back
CTIZAN AD

आन्टा क्यालिफोर्निया शाखाको अध्यक्षमा ध्रुवकुमार झा

वि.सं.२०७४ फागुन २८ सोमवार

672 

shares

२८ फागुन । अमेरिकामा तराई मूलका नेपाली समुदायले स्थापना गरेको दि एसोसिएसन् अफ नेपाली तराईएन इन अमेरिका नामक गैर मुनाफा संस्थाको क्यालिफोर्निया शाखा मा ध्रुव कुमार झा को नेतृत्वमा नया समिति गठन भएको छ ।

गत मार्च ३ तारिख होली पर्व को अवसरमा क्यालिफोर्निया शाखाको निर्माण गर्नु को साथै समिति गठन गरेको संस्थाकी केन्द्रिय प्रवक्ता अपराजिता झाले छापा बिज्ञप्ति निकाली जानकारी दिएकी छिन् ।

यसको साथै नया समिति सर्व सम्मति बाट चयन भएको हो । मूलत अमेरिकामा रहेता पनि तराई वासीहरुले आफ्नो पहिचान ,भाषा ,साँस्कृतिक धरोहर आदि लाई अमेरिकामा छरिएर रहेका सबै संग नजदिक सम्बन्ध ,सहयोग तथा संजालमा ल्याउनु रहेको छ ।

यसको साथै नया समितिले एकता गर्दै सवैलाई जोड्ने प्रतिबद्धता गरेका छन् । नया समितिमा ध्रुव कुमार झा अध्यक्ष ,रंजित बाबु प्रसाद वरिष्ट उप सभापति ,राज यादव उपाध्यक्ष तथा प्रियंका दास महा सचिमा निर्वाचित भएकी छिन् ।

यसै गरि सह सचिवमा माधुरी कुमारी ,कोषाध्यक्षमा समिता दत्त सुमन तथा प्रवक्तामा सिकेन्द्र ठाकुर निर्वाचित भएका छन् । यसै गरि कार्यकारी समिति सदस्यहरुमा संगीता देव ,अदिति ठाकुर ,यामिनी कुमार ,आराधना साह ,रोहित मिश्रा तथा नविन महतो निर्वाचित भएका छन् ।

यसै गरि सल्लाहकारहरुमा क्रमस डा अर्चना कायस्थ ,डा ओम प्रकाश शर्मा ,डा सन्दिप सुमन ,डा प्रिती नाने ,सुजित सिंह ,सितान्शु कुमार तथा जय प्रसाद मण्डल मनोनित भएका छन् ।

वि.सं.२०७४ फागुन २८ सोमवार ०६:२३ मा प्रकाशित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...