back
CTIZAN AD

किराँत प्रदेशका लागि अमेरिकामा हस्ताक्षर अभियान

वि.सं.२०७४ फागुन ३० बुधवार

750 

shares

किराँत प्रदेशको माग गर्दै अमेरिकामा हस्ताक्षर अभियान सुरु गरिएको छ ।
युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका (किरात राइ यायोख्खा अमेरिका) को हालै बसेको बृहत भेलाले किरात राई यायोख्खा नेपालले संचालन गरेको १ नं प्रदेश लाई ‘किरात प्रदेश’ नामाकरण हस्ताक्षर अभियानमा आफ्नो एक्यवद्दता जाहेर गर्दै हस्ताक्षर अभियान संचालन गरेको छ ।
युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका न्यु इंग्ल्याण्ड च्याप्टर सभापति मुक्ति नारायण राईको सभापतित्वमा न्यूहेम्प्शायर राज्यमा बसेको भेलामा केन्द्रिय सभापति बिष्णु राईले हस्ताक्षर अभियान सम्बन्धमा आफ्नो मन्तब्य राखेका थिए ।


राईले किरात एउटा जातीको नाम मात्र नभएर यो एउटा नेपाली सभ्यता रहेको बताउँदै प्राचीन इतिहासमा नेपाल हुनुभन्दा अगाडी किराँत सभ्यता रहेको र त्यसैलाई निरन्तरता दिदै पंचायतकालमा पनि पूर्वी क्षेत्रलाई पल्लो किराँत,माझ किरात र वल्लो किरातमा विभक्त गरिएको बताए । उनले २०१८ सालमा चौध अञ्चल र ७५ जिलाको नामाकरण भएको र सोहि समयदेखि किराँत भन्ने नाम काटिएको बताए । साथै अहिलेसम्म पुराना लिखत हरुमा किराँत नाम कायम रहेको र किरात प्रदेश नामकरण हुदैमा नआत्तिन आग्र गर्दै यो एउटा पहिचान र सभ्यताको आदर हुने भएकोले खुशी हुनु पर्ने बताए ।


राईले हस्ताक्षर अभियानमा अर्गनाइजेसनको सम्पूर्ण लोकल च्याप्टरहरुलाई निर्देशन दिने समेत बताए ।
न्यु इंग्ल्याण्ड च्याप्टर सचिव शेखर राईको संचालनमा भएको उक्त भेलामा आगामी मे १९ मा बोस्टनमा हुने साकेला कार्यक्रमको भब्य तयारीको लागि कामको बाडफाड साथै सहयोग राशी संकलन गरिएको थियो । यसरि नै बर्षेनी साकेलाको उपलक्ष्यमा अर्गनाइजेसनको आयोजनामा रक्तदान गरिने हुदा आगामी अप्रिल १४ मा रक्तदान गरिने अमेरिकी रेडक्रससंग कार्यक्रम तय गरिएको कुरा सभापति मुक्ति नारायण राइले जानकारी दिए ।
वार्षिक आयव्ययको विवरण सभापति मुक्ति नारायण राई स्वयम्ले प्रस्तुत गरेका थिए भने स्वागत भाषण उपाध्यक्ष अनिता राइको रहेको थियो । नेपाल बाट आएका नव आगन्तुकहरु धनकुटा आहाले निवासी बसन राई उनकी श्रीमती स्वर्णिम राई, सोलुखुम्बु निवाशी तिलक कुलुङ्ग र पोखरा निवासी तेजेन्द्र खत्री साथै अमेरिका भ्रमणमा रहेका मोरंग पथरी निवासी लक्ष्मी कुमार राई र उनकी श्रीमती संगीता राईलाई अर्गनाइजेसनका बरिस्ठ व्यक्तित्वहरु शिब कुमार राई,दुर्गा राई,निंगमा राई ,सुरेश चामलिंग लगायतद्धारा खादा ओढाएर र केक काटेर स्वागत गरिएको थियो ।

वि.सं.२०७४ फागुन ३० बुधवार ०६:०२ मा प्रकाशित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...